- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Press Release
- नव नियुक्त राजदुतहरूको महासंघ सचिवालयमा स्वागत - आफ्नो कार्यकाललाई सफल पार्ने दृढता, निजी क्षेत्रसँग निरन्तर सम्पर्कमा रहेर कार्य गर्ने (२०७५/११/५) | February 17, 2019
- उद्यमीहरूद्वारा नेपालको एसएमइज (SMEs) को विकासमा ओइसीडीको सहयोगको अपेक्षा (२०७५/११/०२) | February 14, 2019
- नेउवामहासंघ/कृषि उद्यम केन्द्र र प्रदेश १ सरकार बीच सहमतीपत्रमा हस्ताक्षर (२०७५/१०/२९) | February 12, 2019
- दक्षिण एसियाली रोजगारदाता मञ्चको बैठक नयाँ दिल्लीमा नेपालमा लगानी गर्न महासंघका रोजगारदाता परिषदका सभापति ढकालको आग्रह (२०७५/१०/२८) | February 11, 2019
- रेष्टुरेन्ट तथा बारहरूमा लगाउंदै आएको सेवा शुल्क हटाएको सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघको धारणा (२०७५/१०/२२) | February 04, 2019
मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न: निजी क्षेत्र र कर प्रशासन बीचको मैत्रीपूर्ण फुटवलको उपाधी महासंघलाई (२०७५/०८/०६)
November 22, 2018

निजी क्षेत्र र कर प्रशासन बीचको मैत्रीपूर्ण फुटवल प्रतियोगिता नेपाल उद्योग वाणिज्य महासंघले जितेको छ । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ र अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आन्तरिक राजस्व विभागबाट उक्त प्रतियोगितामा सहभागिता जनाइएको थियो । खेलमा महासंघले ३ गोल गरेको थियो भने विभागका तर्फबाट एक गोल गरिएको थियो । महासंघको आयोजना र आन्तरिक राजस्व विभागको सह–आयोजनामा उक्त प्रतियोगिता आयोजना भएको हो ।

खेलको पहिलो हाफको अन्तिम समयमा महासंघको तर्फका डी एरियामा फल गरिएपछि पाएको पेनल्टीमा विभागका तर्फबाट रूपेश थापामगरले पहिलो गोल गरेका थिए भने दोस्रो हाफको प्रारम्भमै महासंघका तर्फबाट जर्सी नम्वर ६ का खेलाडी रामनाथ श्रेष्ठले गोल गरी निजी क्षेत्रलाई पहिलो गोल उपहार दिएका थिए भने लगत्तै जर्सी नम्वर २० का खेलाडी लक्ष्मी त्रिपाठीले दोस्रो र तेस्रो गोल गरी निजी क्षेत्रलाई फराकिलो अग्रता दिलाएका थिए ।
खेल आज विहान ८ बजे आर्मी अफिसर्स क्लबको फुटबल मैदानमा खेलाइएको थियो । प्रतियोगिताको माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको थियो । खेलमा निजी क्षेत्रको नेतृत्व अध्यक्ष राणा र विभागको नेतृत्व विभागका महानिर्देशक विष्णु प्रसाद नेपालले गर्नु भएको थियो । खेलमा दुवै तर्फका करिव ४० जना खेलाडीहरू छनौट गरिएको थियो । खेलमा महासंघका खेलाडीहरू सेतो जर्सी र विभागका खेलाडीहरू निलो जर्सीमा थिए ।

करका तर्फबाट आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपाल र निजी क्षेत्रका तर्फबाट महासंघका अध्यक्ष राणाले नेतृत्व गर्नुभएको थियो । अध्यक्ष सहित महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सहित कार्यकारिणी समितिका सदस्यहरूले पनि खेलमा भाग लिनु भएको थियो ।


सातौं राष्ट्रिय कर दिवस अवसरमा कर प्रशासन र निजी क्षेत्र बीच सम्बन्ध प्रगाढ बनाई कर प्रशासनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
यतिखेर नेपाल सरकार अर्थमन्त्रालय/आन्तरिक राजस्व विभाग र नेपाली निजी क्षेत्र विभिन्न कार्यक्रमका साथ “कर : समृद्ध नेपाल, सुखी नेपालीको भर” भन्ने नाराका साथ कर सप्ताह मनाई रहेका छन् । कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथि अर्थमन्त्री खतिवडा, महासंघका अध्यक्ष राणा र प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रतियोगिताको सफलताका लागि शुभ–कामना दिनु भयो ।
कार्यक्रमको अन्त्यमा महासंघका अध्यक्ष राणा र विभागका महानिर्देशक नेपालले संयुक्त रूपमा विजयी खेलाडीलाई कप हस्तान्तरण गर्नुभयो भने विजयी खेलाडीलाई प्रमाणपत्र वितरण गर्नुभयो । साथै उपविजेता विभागका खेलाडीहरूलाई महासंघका अध्यक्ष राणाले प्रमाणपत्र वितरण गर्नुभयो ।

खेल पश्चात आयोजित समापन समारोहलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष राणाले प्रतियोगिता निकै महत्वपूर्ण रहेको र खेलबाट कर प्रशासन र करदाता बीचको सम्बन्ध अझ प्रगाढ हुन जाने विश्वास प्रकट गर्नुभयो । साथै अध्यक्ष राणाले खेललाई प्रत्येक वर्ष निरन्तरता दिंदै जाँदै जाने विश्वास समेत दिलाउनु भयो ।

विभागका महानिर्देशक नेपालले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाई करमैत्री वातावरण बनाउन यो कार्यक्रमले निकै मद्दत पुर्याउने विश्वास प्रकट गर्नुहुंदै यति महत्वपूर्ण कार्यक्रम आयोजना गर्न महासंघले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद समेत दिनुभयो ।
कर तथा राजस्व समितिका सभापति अशोककुमार तोदीको पनि सहभागिता रहेको कार्यक्रमको अन्त्यमा प्रतियोगिताको संयोजन गरिरहनु भएका महासंघको कर तथा राजस्व समितिका उपसभापति कृष्ण प्रसाद दुलालले खेललाई सफलतापूर्व सम्पन्न गर्न निर्वाह गर्नुहुँने सवै प्रति आभार सहित धन्यवाद प्रकट गर्नुभयो ।
थप फोटोको लागि https://photos.app.goo.gl/Wbm989ww4YheLUwW7
© Copyright 2005-2019 . All Rights Reserved. FNCCI.