Aug 05, 2016
महासंघको प्रतिनिधिमण्डलद्वारा नवनियुक्त उपप्रधान एवं अर्थमन्त्रीलाई बधाई (२०७३/४/२१)

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डले नवनियुक्त उपप्रधान एवं अर्थ मन्त्री कृष्ण बहादुर महरा समक्ष आज अर्थ मन्त्रालयमा भेटगरि निजी क्षेत्रको तर्फबाट बधाई एवं शुभकामना दिएको छ ।

महासंघका उपाध्यक्ष शेखर गोल्छा, कर तथा राजस्व समितिका सभापति शौरभ ज्योति, सहसभापति अंजन श्रेष्ठ र महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ समेत रहनु भएको उक्त भेटघाटमा महासंघका अध्यक्ष मुरारकाले नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थ मन्त्री महरालाई बधाई दिनु भयो ।

सो क्रममा अध्यक्ष मुरारकाले देशको आर्थिक समृद्धिका लागि नयाँ सरकारले ल्याउने सबै प्रकारका नीति तथा कार्यक्रमहरुमा निजी क्षेत्र हातेमालो गर्दै साथ दिन तयार रहेको विश्वास दिलाउंदै नीजि क्षेत्रको तर्फबाट पूर्ण सहयोग रहने बताउनु भयो ।

सो अवसरमा नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री महराले मुलुकका सामुन्ने निकै धेरै चुनौती र गर्नुपर्ने कामहरु निकै धेरै भएकाले आफू निजी क्षेत्रसंग नजिकमा रहेर काम गर्ने विश्वास दिलाउनु भयो ।

अर्थमन्त्री महराले निजी क्षेत्रकै नेतृत्वमा मुलुकको आर्थिक विकास अगाडी बढाउनु पर्ने नीति आफ्नो पनि रहेकाले आफ्ना सबै प्रयासहरु त्यसैमा केन्द्रीत हुने विश्वास दिलाउनु भयो । विगतमा पनि आफूले महासंघसंग नजिकमा बसेर काम गरेको अनुभव समेत सो अवसरमा अर्थमन्त्री महराले सुनाउनु भएको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by