विषयः Online बाट उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्यक्रमको शुभारम्भ ।
 
उपरोक्त सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका (वाणिज्य तथा आपूर्ति) सचिव श्री केदार बहादुर अधिकारीज्यूको अध्यक्षतामा वस्तु निकासीको लागि उत्पत्तिको प्रमाण पत्र जारी गर्ने विषयलाई प्रभावकारी बनाउने सम्बन्धमा मिति २०७६/३/३ गते बसेको बैठकले यहि मिति २०७६/४/१ गतेदेखि Online System मार्फत उत्पत्तिको प्रमाण पत्र जारी तत्तत् निकायका केन्द्रहरुबाट शुरुवात गर्ने र विस्तारै उक्त व्यवस्था जिल्लास्थित सम्बन्धित निकायहरुबाट पनि जारी गर्ने व्यवस्था मिलाउने निर्णय भएको व्यहोरा अनुरोध गर्दछु ।
 
उक्त निर्णय बमोजिम online बाट उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्यको शुभारम्भ कार्यक्रम यहि मिति २०७६/४/१ गते अपरान्ह ३:०० बजे यस महासंघको सचिवालयमा आयोजना गरिएको हुंदा सहभागिताका लागि सादर अनुरोध गर्दछु ।
 
 
 
( गोपाल प्रसाद तिवारी )
नि. महानिर्देशक
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by