श्री नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं ।
श्री ललितपुर उद्योग वाणिज्य संघ, ललितपुर ।
श्री भक्तपुर उद्योग वाणिज्य संघ, भक्तपुर ।
श्री काभ्रे उद्योग वाणिज्य संघ, वनेपा ।
श्री धुलिखेल उद्योग वाणिज्य संघ, धुलिखेल ।
श्री वस्तुगत संघहरु, नेउवामहासंघ ।
 
यस महासंघको महिला उद्यमी विकास समिति र सनराइज बैंक लिमिटेडले संयुक्त आयोजनामा निम्न मिति, समय तथा स्थानमा महिला उद्यमीहरुका लागि सहुलियत दरको कर्जा प्रवाह सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको व्यहोरा प्रस्तुत गर्दछु । 

बैंक तथा वित्तिय संस्थाहरुबाट महिला उद्यमीहरुलाई प्रवाह गरिने सहुलियत कर्जा सम्बन्धी प्रस्तुतिकरण गरी छलफल हुने ऊक्त अन्तर्क्रिया कार्यक्रममा त्यहाँबाट २ जना महिला उद्यमीहरुको सहभागिताको व्यवस्थाको लागि सादर अनुरोध गर्दछु ।

कार्यक्रमः

मितिः २०७६ साल मंसीर २७ गते शुत्रबार ।
समयः दिउंसो १:४५ बजे ।
स्थानः नेउवामहासंघको सचिवालय, टेकू, काठमाडौं ।
    
( मीना श्रेष्ठ )
उप-महानिर्देशक

बोधार्थः    
श्री पदाधिकारीज्यूहरु, नेउवामहासंघ ।     
श्री सभापतिज्यू, महिला उद्यमी विकास समिति, नेउवामहासंघ ।
श्री सदस्यज्यूहरु, महिला उद्यमी विकास समिति, नेउवामहासंघ ।
श्री सनराइज बैंक लिमिटेड ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by