Sep 03, 2021


लेखनाथ १८ भाद्र ।

लेखनाथ उद्योग बाणिज्य संघको स्थगित १३ औं महाधिवेशन अश्विन २ गते शनिवार हुने भएको छ ।

कोरना भाईरसका कारण भाद्र १८ र १९ गतेका लागि तोकिएको महाधिवेसन भाद्र १३ गते स्थगित भए पछि शुक्रवार बसेको कार्यसमिति बैठकले अनुरोध गरे बमोजिम निर्वाचन उप समितिले निर्वाचनको  लागि आश्विन २ गतेको मिति तय गरि सार्वजानिक गरिएको हो ।

स्वास्थ्यका सम्पुर्ण मापदण्डहरु पालना गरि निर्वाचनको कार्यक्रम लेखनाथ उद्योग बाणिज्य संघको महोत्सव स्थल तालचोकमा  विहान ७ वजे देखि साझा ५ वजेसम्म हुने निर्वाचन आयुक्त हेमराज बरालले जानकारी दिनु भएको छ ।

यस अघि संघको निर्वाचनको कार्यक्रम अन्तरगत उमेदवारी दर्ता देखि नमुना मत पत्र समेत प्रकाशन गरिसकिएको छ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by