Sep 27, 2021
महासंघका अध्यक्ष गोल्छा र आइएलओ नेपाल कार्यालयका निर्देशक हवार्ड बीच भेटवार्ता (२०७८/६/११)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासंग अन्तराष्ट्रिय श्रम संगठन (ILO) नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डले आज महासंघको सचिवालय टेकूमा भेट गर्नुभयो ।

भेटका अवसरमा लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल भयो । उक्त अवसरमा श्रम सम्बन्ध, व्यवसाय प्रवर्द्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयन लगायतका विषयमा सहकार्य गरिने बिषयमा चर्चा भयो ।
 
छलफलका क्रममा महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारीबाट प्रभावितलाई आइशोलेशन लगायतका सुविधा प्रदान गर्न आइएलओबाट प्राप्त आर्थिक सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहांले महासंघले मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक सुरक्षा कार्यन्वयनमा प्रतिवद्ध रहेको र सामाजिक सुरक्षाको कार्यन्वयनमा देखिएका समस्या समाधान गर्न सरकार र ट्रेड यूनियनसंग छलफल गर्न तयार रहेको बताउनु भयो ।


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by