Oct 31, 2021
स्पेन र सिद्धार्थ उवासंघ, रुपन्देहीका उद्यमीहरु विच B2B  मिटिङ्ग

२०७८ कार्तिक १४ गते 

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही अन्तर्गतको युवा उद्यमशिल विकास प्रवर्द्धन उप समितिको आयोजनामा स्पेनका उद्यमीहरु र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका युवा उद्यमीहरु विच व्यवसायिक सहकार्य र लगानीका अवसरहरु बारे B2B मिटिङ्ग आयोजना गरियो । 

उप समितिका संयोजक कार्यसमिति सदस्य श्री सन्दीप अग्रवालज्यूको सभापतित्व तथा संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेज्यू, केसर्स च्याम्बर स्पेनका अध्यक्ष श्री ग्राबियल एलभेरेज आरयोज्यू, उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य श्री राजेशकुमार अग्रवालज्यू तथा संघका पदाधिकारीज्यूहरुको विशेष उपस्थितिमा सम्पन्न सो कार्यक्रमको सहजिकरण महासचिब बिजय पाण्डेज्यूले गर्नु भएको थियो । उक्त मिटिङ्गमा युवा उद्यमीहरुले आफ्नो परिचय सहित अनुभव साटासाट गर्नु भएको थियो । छलफल पश्चान आगामी दिनमा दुबै संघहरुले समिति निर्माण गरी लागानीका सम्भानाहरु पहिचान गर्ने सहमिति भएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by