Dec 22, 2021
जिल्ला ट्राफिक प्रमुखलाई स्वागत  तथा  छलफल 
 
२०७८ पौष ०७  २५  गते बुधवार  

सिद्धार्थ उद्योग वाणिज्य संघ सचिवालयमा  अध्यक्ष भीष्मप्रसाद न्यौपानेज्यूको अध्यक्षतामा  जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका नव आगन्तुक प्रमुख  केशब के.सिज्यूको स्वागत सहित नगर भित्रका ट्राफिक समस्या तथा समाधान बारे संघका छलफल गरिएको थियो ।

छलफलको  क्रममा भैरहवा बजार क्षेत्रमा देखिएका विविध ट्राफिक समस्याहरु समाधानका बिषयमा व्यापक छलफल भएको थियो ।   नगरको सुन्दरीकरण एवं विकासको लागि नगरपालिका भित्रको अव्यवस्थित सवारी पार्किङ्गलाई व्यवस्थापन, गरी नगरलाई व्यवस्थित गराउन आवश्यक रहेको बताउनु भएको थियो ।  साथैनगर भीत्र जडान गरिएको ट्राफिक लाईटमा देखिएका प्राविधिक समस्या, लेन व्यवस्थापन बारे जनचेतना कार्यक्रम संचालन गर्ने, ट्रफिक संकेत भएका बोर्डहरुको व्यवस्थापन गर्ने, बिषयमा छलफल भएको थियो ।

संघका महासविच विजय पाण्डेज्यूको संचालन तथा कार्यसमिति सदस्य तथा ट्राफिक व्यवस्थापन समितका संयोजक गौरव श्रेष्ठको संयोजनमा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यज्यूहरुको उपस्थिति रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by