Dec 31, 2021
सिद्धार्थ उद्योग वणिज्य संघको यातायात तथा ट्राफिक व्यवस्थापन समिति उप समितको बैठक


मिति २०७८ पौष १६  गते  

संघ अन्तर्गतको  यातायात तथा ट्राफिक व्यवस्थापन समिति उप समितको बैठक समितका संयोजक कार्यसमिति सदस्य गौरब श्रेष्ठज्यूको अध्यक्षता मा सम्पन्न भएको थियो ।

महासचिव बिजय पाण्डेज्यूले सहजिकरण  गर्नु भएको उक्त समितिको बैठकमा उस समितिको सल्लाहकार समेत रहनु भएका जिल्ला ट्राफिक कार्यालय रुपन्देहिका प्रमुख केशव के.सिज्यूको समेत उपस्थिति रहेको थियो ।  । बैठकमा सहभागि सदस्यहरुले  नगर भित्रको पार्किङ्ग व्यवस्थापन, एकतर्फि बाटो संचानल, ट्राफिक संकेत चिन्हहरु राख्ने, नगर भित्र स्पीड लिमिट तोक्नु पर्ने, छाडा चौपाया व्यवस्थापन गर्ने र विद्यालयहरुमा  ट्राफिक सचेतना अभियान संचालन गर्नुपर्ने बिषयमा छलफल भएको थियो ।

छलफलको क्रममा जिल्ल्ला ट्राफिक प्रमुखले सबैको सहयोगमा छलफलमा उठेका समस्याहरु समाधानमा आफु लाग्ने बताउनु भएको थियो । भने बैठकमा उपस्थित सबैलाइ धन्यवाद सहित संघले सरोकारवाला सबै निकायहरु संग समन्वय तथा पहल गरी नगर भित्रको ट्राफिक समस्या समाधानमा संघ लाग्ने ट्राफिक उप समितिका संयोजक गौरब श्रेष्ठज्यूले  बताउनु भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by