Jan 23, 2022

मिति २०७८ माघ ८ गते

नेपाल सरकार भन्सार विभाग तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही संयुक्त आयोजनामा भन्सार विभागले आयात निर्यात गर्दा विद्युतीय भन्सार राजश्व भुक्तानी प्रणाली लागू गरेको बिषयमा जानकारी दिने तथा सो विद्युतिय भुक्तानी प्रणाली बारे आयात तथा निर्यातकर्ताहरुलाई जानकारी दिने उद्देश्यले एक दिने जुम मार्फत अनलाईन तालीमको आयोजना सम्पन्न भयो । 

अनलाईन तालिममा उपस्थित सबैलाई स्वागत गर्दै अध्यक्ष भीष्मप्रसाद न्यौपानेले संघको आग्रहमा भन्सार विभागले तालिम आयोजना गरिएकोमा विभागलाई धन्यवाद दिनु भएको थियो ।

उक्त अनलाईन तालीमको महत्ववारे निर्देशक मनिराम भट्टले प्रकाश भएको थियो भने भन्सार विभागका अधिकृत श्री रमेश सुकमनीले तालिम प्रदान गर्नुभएको थियो । 

उक्त अनलाईन तालिममा विभिन्न उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरु सहित करिव ५० जना आयात तथा निर्यातकर्ताहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रमको संयोजन संघका कार्य समिति सदस्य कृष्णप्रसाद घिमिरेले गर्नु भएको थियो ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by