Jun 19, 2022
द्विराष्ट्रिय पर्यटन विकास सम्बन्धि छलफल कार्यक्रम सम्पन्न ।

असार ५, भरतपुर । 

उद्योग वाणिज्य संघ–चितवनको सचिवालयमा द्विराष्ट्रिय पर्यटन विकास समिति छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल–भारत वीचको द्विराष्ट्रिय पर्यटन विकासका सम्बन्धमा संघमा छलफल भएको हो ।

नेपाल स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार सहितको टोली र संघ वीच छलफल कार्यक्रमको अयोजना गरिएको हो । छलफल कार्यक्रममा बोल्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठ नेपाल–भारत वीच भौगोलिक सामिप्यता सहित सांस्कृतिक, सामाजिक र भावनात्मक सम्बन्ध रहेको बताउंदै यी समानतालाई ख्याल गर्दै पर्यटन आदान प्रदान गर्न सकिने बताउनु भयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले धार्मिक पर्यटन मार्फत दुई देशको आर्थिक समृद्धीमा योगदान पुर्‍याउन सकिने बताउनु भयो । 

कार्यक्रममा महावाणिज्यदूत नितेश कुमारले यस क्षेत्रको पर्यटन विकास तथा व्यवसायीक हितका कार्यक्रम गर्न दुतावास सदैव तयार रहेको बताउनु भयो । कार्यक्रममा उहांले चितवन जिल्ला विविधताले भरिपूर्ण भएकोले विकासको प्रचुर सम्भावना भएको बताउंदै यसको प्रबद्र्धनमा सहयोग गर्ने बताउनु भयो । 

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले दुवै देशका व्यवसायी विच विटुवी बैठक आयोजना गरी व्यवसायिक सेवा आदान प्रदान गर्नका लागि वाणिज्य दूतावासबाट पहल गरि दिनका लागि अनुरोध गर्नु भयो । सोही अवसरमा संघका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन जिल्लाका विभिन्न पर्यटकिय गन्तब्यहरुको विवरण सहितको पर्यटन गाईड बुक हस्तान्तरण गर्नु भएको थियो ।

यसै गरी संघका उपाध्यक्ष राजेन्द्र ओलीले कोभिड १९ का कारण विक्षिप्त बनेको आर्थिक क्षेत्रको पुर्नउत्थानका लागि दुवै देशका व्यवसायी वीच सुमधुर सम्बन्ध स्थापित गर्दै नीतिगत समस्या समाधानका लागि पहल गर्नु पर्ने बताउनु भयो । छलफल पश्चात निकट भविष्यमा भारतीय व्यवसायी र चितवनका व्यवसायी विच छलफल कार्यक्रमको आयोजना गर्ने निर्णय भएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनु भयो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by