Jan 04, 2023
चारदिने निशुल्क सेमिनार सम्पन्न

२० पौष, भरतपुर

उद्योग वाणिज्य संघ चितवन र चितवन व्युटिपार्लर युनिटिको संयुक्त आयोजनामा चितवनमा सौन्दर्य व्यवसायीहरुको लागि नेल आर्ट, रसियन हेयर स्टाइल र मेकअप सम्वन्धि चार दिने निःशुल्क सेमिनार सम्पन्न भएको छ ।

सेमिनार उद्घाटन कार्यक्रममा उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले कार्यक्रम उद्घाटन गर्दै उहाँले उद्योग वाणिज्य संघ–चितवनले व्यवसायीहरुको आवश्यकता र माग अनुसार तालिम गोष्ठी सेमिनार गरी हुने वताउदै चितवन महोत्सव–२०७९ सफलताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्न व्यूटि पार्लर व्यवसायीहरु अनुरोध गर्नु भएको थियो भने समापन कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरन्जीवी सुवेदीले कार्यक्रमलाई समापन गर्दै तालिमबाट सिकेका कुरा आर्थिक उत्पादनमा लगाउन सहयोग पुर्याउन मद्दत गर्ने बताउनु भयो । २०७९ पौष १७ गते देखि २० गतेसम्म सञ्चाल नभएको सेमिनार १०० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको उक्त सेमिनारमा सावित्री रेग्मी, सुनिता खड्का, सविना महतो, संगिता अर्यालले प्रशिक्षण दिनु भएको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभयो ।

चितवन व्युटिपार्लर युनिटीका अध्यक्ष मिना उप्रेतीको अध्यक्षतामा सम्पन्न सेमिनार उद्योग वाणिज्य संघ–चितवनको तालिम संयोजक योगिता पियाले संयोजन गर्नु भएको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by