Apr 11, 2024
विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छः प्रधानमन्त्री दाहालः भारतीय उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग भेटघाट (२०८०/१२/२९)
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री दाहाल, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको थियो । भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत महासंघका पधादिकारीहरु र कार्यकारी सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।



भेटमा प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको पनि बताए । उनले विदेशी लगानीकर्तालाई सरकारले लजिस्टिक पनि सहयोग गर्ने बताए । उनले सीआईआई प्रतिनिधिमण्डललाई नेपालमा लगानी गर्न आग्रह गरे ।

यसैबीच अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा पनि भारतीय अर्थतन्त्रको ठूलो भूमिका रहेको बताए । उनले नेपाल र भारतबीचको व्यापार र लगानी प्रवद्र्धनका लागि आफूले आफ्नो क्षमताले सक्दो प्रयास गर्ने सीआईआई प्रतिनिधिमण्डललाई आश्वासन दिए । त्यसैगरी, उद्योगमन्त्री भण्डारीले नेपालमा विदेशी लगानीकर्ताले स्थापना गर्ने उद्योगलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग गर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभामा सहभागी हुन पुरीको नेतृत्वको सीआईआई टोली काठमाडौं आएको थियो । पुरी वार्षिक साधारण सभामा मुख्य वक्ता थिए। प्रतिनिधिमण्डलमा भारतका छ वटा ठूला उद्योगका प्रमुख कार्यकारी अधिकृत समेत रहेका थिए । भेटका क्रममा पुरीले सुधारका लागि सरकार प्रतिबद्ध भएको देखेर आफू खुसी भएको बताए । उनले भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताउँदै नेपाल सरकारसँग सहजीकरणको माग गरे ।



यसैबीच, महासंघका अध्यक्ष ढकालले महासंघमा रहेको FDI हेल्प डेस्क मार्फत महासंघले आवश्यक सबै सहयोग उपलब्ध गराउने बताए । उनले आवश्यक नीतिगत सुधारका लागि सरकारसँग पैरवी गर्न महासंघले अग्रणी भूमिका खेल्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच लामो समयदेखिको साझेदारी रहेको छ । दुई संस्थाले सन् १९९४ मा सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। गत वर्ष महासंघ र सीआईआईले संयुक्त रुपमा भारतमा नेपाल इन्डिया बिजनेस समिट आयोजना गरेका थिए।

Government ready to facilitate foreign investors: PM Dahal Holds meeting with delegation of Confederation of Indian Industry 

Prime Minister Pushpa Kamal Dahal has said the government is ready to facilitate foreign investors who are willing to invest in Nepal. He mentioned this is in a meeting with Sanjiv Puri, President Designate of the Confederation of Indian Industry and the Indian delegation. 

The CII delegation held a meeting with Prime Minister Dahal, Finance Minister Barsha Man Pun and Minister of Industry, Commerce and Supplies Damodar Bhandari on Wednesday. President of the Federation of Nepalese Chambers of Commerce and Industry Chandra Prasad Dhakal and other FNCCI executive members were also present during the meeting. 
During the meeting Prime Minister Dahal also mentioned that the government is willing to make policy reforms to facilitate foreign investors. He added that the government will also provide logistical support to foreign investors.  He further urged the CII delegation to invest in Nepal. 

Meanwhile, Finance Minister Pun stated that the Indian economy plays a big role in the Nepali economy too. He assured the CII delegation that he would do everything within his capacity to promote trade and investment between Nepal and India. Similarly, Industry Minister Bhandari said he will provide all the necessary support to facilitate industries that are being set up by foreign investors in Nepal.  

The CII team led by Puri was in Kathmandu to participate in the 58th Annual General Meeting of the Federation of Nepalese Chambers of Commerce and Industry. Puri was the keynote speaker at the annual general meeting. The delegation included the chief executive officers of six large industries of India. During the meeting, Puri mentioned that he was happy to see the government committed to making reforms. He added the Indian investors were ready to invest in Nepal and sought facilitation from the Nepali government. 

Meanwhile, FNCCI President Dhakal said the FNCCI will provide all the necessary support through the FDI Help Desk at FNCCI secretariat.  He also stated the FNCCI will play a leading role in lobbying with the government to make the necessary policy reforms. 

The Federation of Nepalese Chambers of Commerce and Industry and the Confederation of Indian Industry have a long-standing partnership. The two organisations signed a memorandum of understanding to cooperate and collaborate in 1994. Last year, FNCCI and CII jointly organised the Nepal India Business Summit in India.


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by