Jul 31, 2025
१५ साउन , भरतपुर
चितवन उद्योग वाणिज्य संघको सभाहलमा आज शान्ति प्रवद्र्धनमा व्यवसायको भूमिका नेपाल र चिनको अनुभव र सिकाई विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम चितवन उद्योग वाणिज्य संघ र रोटरी डिष्ट्रि ३२९२ रिजन ४ को आयोजना सम्पन्न भएको हो ।
कार्यक्रमा स्वागत गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार संस्थागत समाजिक उत्तरदायित्वका विषयमा व्यवसायीहरुले गरेको योगदान, व्यवसायमा शान्ती सृजना एवम् द्वन्दव्यवस्थापन, चिन विकशित हुनुमा तहाँको सरकारले निजी क्षेत्रसँगको गरेको समन्वयात्मक भूमिका, बि.आर. आइ परियोजना लगायतका विषयमा जानकारी गराने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै उहाँले व्यवासयी र सरकार विच समन्वयात्मक भूमिका राम्रो भएमा देशको आर्थिक विकास ठुलो उपलब्धी हासिल गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि रोटरी क्लबका डिष्ट्रिक गर्भनर नोमिनि प्रा.डा. आई पि ढकालले रोटरी क्लबको फोकस एरिया, शान्ती एवम् द्वन्दनिवारण क्लबले गरेका क्रियाकलाप, शिक्षा क्षेत्र एवम् गरिवी निवारण सम्बन्धी अगाडी सारेको परियोजनाहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमका प्रशिक्षक डा. विष्णुराज उप्रेतीले शान्ति प्रवद्र्धनमा व्यवसायको भूमिकाका बारेमा प्रस्तुती गर्दै शान्ती प्रवद्र्धनमा नेपाल र चिनको अनुभव बताउनुभएको थियो । उहाँले अन्य विभिन्न देशका बारेमा समेत जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहप्रशिक्षको रुपमा यादव हुमागाई रहनुभएको थियो ।
सोही कार्यक्रममा रोटरी क्लब जावलाखेलको पूर्व अध्यक्ष डा. सुनिता आचार्यले मन्तव्य राख्दैं आफ्ना अनुभवहरुका बारेमा बताउनुभएको थियो ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति , विभिन्न ठाँउका रोटरी क्लबका अध्यक्ष एवम् पदाधिकारी, चितवन उद्योग वाणिज्य संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगाएत उद्योगी व्यवसायी गरी ८० जनाको उपस्थिति चितवन उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभएको थियो ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम रोटरी क्लब अफ नारायणगढका अध्यक्ष सेवन पन्तले सञ्चालन गर्नुभएको थियो ।