Sep 22, 2017
विभिन्न कार्यक्रमका साथ महासंघद्वारा सामाजिक सेवा दिवस मनाइयो (२०७४/०६/०६)

नेपाल उद्योग वाणिज्य महासंघद्धारा विभिन्न कार्यक्रमका साथ आज सामाजिक सेवा दिवस मनाइयो । सोही अवसरमा महासंघद्धारा टेकुस्थित बागमती नदी किनारमा नेपाल उद्योग वाणिज्य महासंघ "उद्यान" निर्माण स्थलको शिलान्यासका साथै उक्त उद्यानमा वृक्षा रोपण गरियो । 



महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिका अध्यक्ष नरेन्दराज बस्नेतले संयुक्त रुपमा उद्यान शिलान्यासका साथै वृक्षा रोपण गर्नु भएको थियो । सोही समारोहमा डेभलपमेन्ट बैंकर्स एशोसिएशनका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ मार्फत बाढी पिडीतको सहयोगार्थ रु.३२,००,०००।– (बत्तीस लाख) को चेक हस्तान्तरण गरियो । 



उक्त चेक डेभलपमेन्ट बैंकर्स एशोसिएशनका महासचिव झलक प्रसाद खनालले महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छालाई हस्तान्तरण गर्नु भएको थियो । महासंघले वाढी पीडितको सहयोगार्थ राहत संकलन तथा वितरण अभियानलाई निरन्तर रूपमा संचालन गरिरहेको छ ।



सो कार्यक्रमलाई अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिका अध्यक्ष नरेन्दराज बस्नेत, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, महासंघको सामाजिक सेवा समितिका सभापति जय प्रसाद शिवाकोटी, धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल, डेभलपमेन्ट बैंकर्स एशोसिएशनका महासचिव झलक प्रसाद खनालले सामाजिक कार्यमा निजी क्षेत्रको प्रतिवद्धता जनाउनु भएको थियो । 





 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by