Jan 10, 2018

लेखनाथ,२६ पुस ।

माघ ११ गते देखि २२ गते सम्म लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा संचालन हुने १४ औं संस्करणको प्रादेशिक औद्योगिक व्यापार मेलामा कृषि उत्पानलाई विषेश प्राथमिकता दिईने भएको छ ।

महोत्सव लेखनाथको संस्कृती स्थानीय उत्पादन विकास र सम्वृद्धी भन्ने मुल नाराका साथ आयोजना गरिएको लेखनाथ महोत्सवको कृषि व्यवसाय प्रर्वद्धन समिति र कृषि प्रर्दशन उपसमितिको बुधबार बसेको बैठकले स्थानिय उत्पादनका कृषि  उत्पादनका स्टलहरुलाई प्राथमिकता दिईने जानकारी दिएको हो ।

कार्यक्रममा कृषि व्यवसाय प्रवद्र्धन समितिका संयोजक दयाराम तिवारीले यस क्षेत्रमा रहेका वाँझो जमिनलाई सहकारीको माध्यमबाट खेती गरि उत्पादनशिल बनाउनु पर्ने  र यसको लागि उद्योग वाणिज्य संघले वातावरण तयार पार्नुपर्ने बताएका थिए ।

कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष बलराम ढकालले कृषि उत्पादनलाई व्यवसायिकरण गर्न कृषि उपजको प्रर्दशन र मेलाको माध्यमबाट कृषि उपजको व्यापार प्रर्वद्धन गरिने वताएका थिए ।

यस्तै पोखरा लेखनाथ महानगरपालिका पशु सेवा शाखाका प्रमुख ठगेन्द्र अर्यालले कार्यालयको तर्फबाट स्टल नराखिने तर मेलाका स्टलहरुको लागि छुट वा पुरस्कारको लागि सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, उप-महासचिव गोपि प्रसाद बाँस्तोला, कृषि सेवा कार्यालय ढुंगेपाटनकी प्रमुख शर्मिला मिश्र, कृषि व्यवसाय प्रर्दशन उप-समितिका अर्जुन लम्साल, विरेन्द्र भण्डारी, कृष्ण पराजुली,  लगायतले बोलेका थिए भने कार्यक्रमको संञ्चालन कृष्ण  प्रसाद तिवारीले गरेका थिए ।

उत्कृष्ट झाँकीहरुलाई पुरस्कृत गरिने

यसै गरि बुधबार नै सम्पन्न झाँकी र्याली व्यवस्थापन उप–समितिको वैठकले विगतका वर्षहरुमा झैं यस वर्ष पनि उत्कृष्ट झाँकिहरुलाई पुरस्कृत गरिने निर्णय गरेको छ ।

झाँकि तथा र्यालीमा प्रथम हुने टिमलाई नगद रु १५,००० दाश्रौ हुने टिमलाई १०, ००० तेश्रो हुने टिमलाई ५,००० प्रदान गरिने छ । यस्तै सान्तवना हुने ३ टिमलाई २/२ हजार र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

यस्तै उप समितिकी अध्यक्ष बुद्धिमाया थापाको अधयक्षताका सम्पन्न वैठकले झाँकि तथा रयालीको निर्णायकहरुमा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल, गोरे गुरुङ, वुद्धिमान दुरालाई राख्ने निर्णय समेत गरेको छ ।

सुरक्षा व्यवस्थापन सम्वन्धी बैठक

यसै गरि बुधवार नै सम्पन्न सुरक्षा व्यवस्थापन सम्वन्धी बैठकमा लेखनाथ महोत्सवको सुरक्षा सम्वन्धि सम्पुर्ण जिम्मेवारी डांडाकोनाक इलाका प्रहरी कार्यालयबाट व्यवस्थित तरिकाले गरिने जानकारी प्रहरी उपरिक्षक गोविन्द पुरीले दिनुभएको थियो । उक्त बैठकमा संघका कार्यवाहक अध्यक्ष बलराम ढकाल, निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगायतले महोत्सवको तयारी र गतिविधि सम्पन्धी जानकारी दिनुभएको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by