Feb 02, 2021
महासंघको घरेलु तथा साना उद्योग समिति विस्तारः घरेलु तथा साना उद्योग/व्यवसायलाई महासंघको भिजन पेपरले मुख्य प्राथमिकता दिन्छ – अध्यक्ष गोल्छा (२०७७/१०/२०)

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य डि.बी. बस्नेतको सभापतित्वमा गठित घरेलु तथा साना उद्योग समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चुनिनु भएको छ । समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समिति सदस्यहरु तारानाथ घिमिरे, विजय कुमार साह, सहनलाल प्रधान, शोभाकान्त पौडेल, जमशेर मिया, लालीमान बुढा र पुष्पराज कुँवर हुनुहुन्छ । 

समितिका विशेष आमन्त्रितहरुमा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे, दोलखा उद्योग वाणिज्य संघका सल्लाहकार पृथ्वीबहादुर श्रेष्ठ, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेल, काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीलाल राजभण्डारी, गैडाकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष लिला बहादुर अधिकारी, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, तुलसीपुर उद्योग वाणिजय संघका सदस्य जनक खराल, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका महासचिव रामकुमार रायमाझी,ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुसन महर्जन, दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुषाल, धुलिखेल उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शुभाषकाजी माकाजु, राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य ज्ञानबहादुर तामाङ्ग, फुटवेयर म्यानुफयाक्चर्स एसोसिएन नेपालका सदस्य केदार बस्नेत, नेपाल मुद्रण उद्योग संघका गोपाल प्रसाद ढकाल, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल र लिफप्लस प्रा.लि.का प्रवन्धक हरि दाहाल हुनुहुन्छ । 

त्यसैगरी समितिका सल्लाहकारहरूमा महासंघको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी, उद्योग समितिका सभापति भरतराज आचार्य, मेला समितिका सभापति नरेन्द्र खड्का, स्थानिय आर्थिक विकास समितिका सभापति सुरकृष्ण वैद्य, स्टार्टअप एण्ड इनोभेशन समितिका सभापति रंजितराज आचार्य, नेपाल हर्व्स एण्ड हर्वल उत्पादक संघका निवर्तमान अध्यक्ष गोविन्द घिमिरे, फुटवेयर म्यानुफयाक्चर्स एसोसिएन नेपालका पूर्व अध्यक्ष रामकृष्ण प्रशाई, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्यद्वय खुसनारायण सैजु र लोकविक्रम थापा हुनुहुन्छ । 

समिति विस्तार कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले भन्नुभयो– नेपालमा संचालित उद्योगधन्दामा साना तथा मझौलाको अंश लगभग ८६ प्रतिशत छ । अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान छ । कोभिडको सवैभन्दा ठूलो असर पनि यही क्षेत्रमा परेको देखिन्छ । साना तथा मझौला उद्योग व्यवसाय अधिकांश असंगठित क्षेत्रमा रहेकाले कोभिडका कारण यसमा आश्रित १६ देखि २० लाख मानिस प्रभावित भएका छन । यो क्षेत्रलाई माथि उठाउन के कस्तो सहयोग आवश्यक छ त्यसमा समितिले गहन अध्ययन सहित सुझाव तयार गरोस, तपाईहरूले गर्नुहुने गृहकार्यबाट आउने सुझाव महासंघले तयार गर्ने भिजन पेपरका लागि समेत सहयोगी होस भन्ने चाहना महासंघले गरेको छ । 

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले घरेलु तथा साना उद्योगहरू मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले के गर्दा यो क्षेत्रको प्रवर्द्धन गर्न सकिन्छ र यस क्षेत्रलाई निर्वाध संचालनमा सहयोग गर्न सकिन्छ त्यसमा कार्य गर्न समितिलाई सुझाव दिनु भयो । 

समितिका सभापति बस्नेतको अध्यक्षतामा बसेको पहिलो बैठकले समितिमा प्रतिनिधित्व गर्ने सबै सदस्य संस्थाहरूमा ९ सदस्यीय घरेलु तथा साना उद्योग समिति गठन गर्ने, लगानी सहजिकरणको लागि बैकर्स संघ र नेपाल राष्ट्र बैकसंग सहजिकरण गर्ने,घरेलु मझौला र साना उद्योगको तथ्यपरक अध्ययनसंगै कोभिड १९ बाट परेको प्रभावका बारेमा अध्ययन गर्न सहयोगी निकायको खोजि गर्ने निर्णय गरेको छ । 

 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image