- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Press Release
- महासंघका अध्यक्ष गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूत बीच भेटवार्ता (२०७७/११/२०) | March 04, 2021
- उद्योगहरूको गुणात्मक विश्लेषण सहितको अध्ययन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर (२०७७/११/१६) | February 28, 2021
- महासंघ र नेपाल बैकर्स संघ बीचः ऋण सहजीकरणमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर (२०७७/११/१३) | February 25, 2021
- महासंघको द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तारः मुलुकभित्र लगानी तथा प्रविधि आकर्षणका लागि अर्थपूर्ण कार्य गर्न अध्यक्ष गोल्छाको सुझाव (२०७७/११/१३) | February 25, 2021
- महासंघ र श्रम मन्त्री बीच भेटवार्ताः सरकार निजी क्षेत्र मिलेर तालीम संचालन गर्ने श्रम मन्त्री चौधरीको प्रतिवद्धता (२०७७/११/१२) | February 24, 2021
महासंघको व्यापार समिति विस्तारः व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउन भूमिका निर्वाह गर्नुहोस–अध्यक्ष गोल्छा (२०७७/१०/२८)
February 10, 2021

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विजयसिंह बैद्यको सभापतित्वमा गठित व्यापार समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्व कार्यकारिणी समिति सदस्यहरू ओम प्रकाश बंशल, शिव प्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ हुनुहुन्छ ।
समितिका सदस्यहरूमा खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठ, धुलिखेल उद्योग वाणिज्य संघका सचिव कोमल सुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका कार्य समिति सदस्य गोविन्द बराल र नेपाल तयारी पोसाक उद्योग संघका सहसचिव पशुपति देव पाण्डे हुनुहुन्छ ।
त्यसैगरी समितिको आमन्त्रित सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य देव कुमार श्रेष्ठ, ललितपुर उवासंघका कार्य समिति सदस्य रुपेन्द्रराज शाक्य, पोखरा उवासंघका उपाध्यक्ष अर्जुन पोखरेल,नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौडेल, देउखुरी उवासंघका अध्यक्ष रत्न श्रेष्ठ,नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल, उर्लावारी उवासंघका अध्यक्ष प्रितम खडगी, स्याङजा उवासंघका मानार्थ सदस्य भिमकुमार श्रेष्ठ, नेपाल फ्रेटफरवाडर्स एसोसिएनका सचिव राजेन्द्र संग्रौला, काभ्रे उवासंघका उपाध्यक्ष राजेन्द्र पसाछें हुनुहुन्छ । समितिका सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू आनन्द अग्रवाल बगाडिया, भरतराज आचार्य, शाहिल अग्रवाल, संदिपकुमार अग्रवाल र नेपाल भारत व्यापार तथा पारवहन परियोजनाका हिमाल थापा हुनुहुन्छ ।
समिति विस्तार कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापार समिति महासंघको महत्वपूर्ण समिति भएकाले मुलुकभित्र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउने कार्यमा समितिले परिणामदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो । त्यसका लागि समितिले महत्वपूर्ण इस्यूहरूमा सरोकारवाला निकायहरूसंग समेत सल्लाह सुझाव लिई सरकारमा लवी गर्न सुझाव दिनुभयो । विशेषगरी मुलुकभित्र व्यापार व्यवसायलाई सहज बनाउन देखापरेका विभिन्न कठिनाई मध्ये अनुगमनको समस्या, फेयर ट्रेडको अभ्यास, व्यवसाय लागत कटौती लगायतमा समितिले आफूलाई विशेषरुपमा केन्द्रित गरी कार्य गर्न पनि अनुरोध गर्नुभयो ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालको परम्पराकाल देखिनै व्यापार व्यवसायको भूमिका माथि प्रकाश पार्दै नेपालको आन्तरिक तथा अन्तराष्ट्रिय व्यापारलाई सहज र सरल बनाउन समितिको विशेष भूमिकाको खाँचो औल्याउनु भयो ।
तत्पश्चात समितिका सभापति वैद्यको अध्यक्षतामा बसेको पहिलो बैठकले व्यापार तथा आपूर्ति सहजिकरण सम्बन्धमा संबन्धित निकायसंग समन्वय गरि आवश्यक कार्यहरू गर्ने, व्यापार तथा आपूर्तिसंग सम्बन्धित ऐन कानूनहरूका बारेमा पैरवी गर्ने र व्यापार समितिका तर्फबाट उद्योग वाणिज्य महासंघको भिजन पेपरका लागि धारणा तयार गर्ने निर्णय गरेको छ ।