- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Press Release
- प्रधानमन्त्रीज्यूबाट महासंघको ५५ औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस समुद्घाटन् राष्ट्रिय आर्थिक रुपान्तरण २०३० सार्वजानिक (२०७७-१२-२९) | April 11, 2021
- भोली काठमाडौंमा एफएनसीसीआईको ५५ औं वार्षिक साधारण सभा, भिजन पेपर सार्वजनिक गरिने (२०७७/१२/२७) | April 09, 2021
- एसएमईजहरूलाई ऋण सहजीकरणमा सहयोग गर्नः महासंघ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल बीच सहमती (२०७७/१२/२२) | April 04, 2021
- महासंघद्वारा पूंजीवजारका समस्या समाधान गर्न धितोपत्र बोर्डको ध्यानाकर्षण (२०७७/१२/१९) | April 01, 2021
- महासंघबाट नेप्से र सि.डि.एसका पदाधिकारीसंग भेटगरी सुझाव पेश (२०७७/१२/१७) | March 30, 2021
महासंघको द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तारः मुलुकभित्र लगानी तथा प्रविधि आकर्षणका लागि अर्थपूर्ण कार्य गर्न अध्यक्ष गोल्छाको सुझाव (२०७७/११/१३)
February 25, 2021

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य ई. देशबन्धु वस्नेत (अजित)को सभापतित्वमा गठित द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार भएको छ । फोरमको सह–सभापतिहरूमा एनआरएनए यूकेका कुल आचार्य, नेपाल इजिप्ट चेम्वर अफ कमर्स एण्ड इण्डट्रिका अनोज रिमाल र निर्यात प्रवर्द्धन परिषद नेपालका हरि बहादुर कार्की हुनुहुन्छ ।
फोरमका सदस्यहरूमा नेपाल ब्रिटेन चेम्वर अफ कमर्स एण्ड इण्डट्रिका डा. मनिष थापा, नेपाल टर्कि चेम्वर अफ कमर्स एण्ड इण्डट्रिका उमेश रायमाझी, नेपाल फिलिपिन्स चेम्वर अफ कमर्स ब्लेसी ग्याडोन ढकाल (Blessie Gadon Dhakal), एनआरएनए यूएसएका ऋषि प्रसाद ढकाल, एनआरएनए थाइल्याण्डका खगेन्द्रराज ढकाल हुनुहुन्छ ।
त्यस्तै फोरमका विशेष आमन्त्रितहरूमा एनआरएनए मिडिल इष्टका आर के शर्मा, एनआरएनए अफ्रिकाका हिक्मत थापा, एनआरएनए अष्टेलियाका दिपक कुमार खड्का, एनआरएनए यूरोपका पूर्ण हमाल, एनआरएनए कोरियाका सुवाष पौडेल, एनआरएनए जापानका किरण थापा र आमन्त्रितहरुमा नेपाल कुवेत चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिका पुष्पदास श्रेष्ठ, नेपाल वुल्गेरिया चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिका महेशमान श्रेष्ठ, नेपाल जर्मन चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिका शुवाशिष थपलिया, एनआरएनए यूएसएका चन्द्र प्रसाद ढकाल, एनआरएनए मिडिल इष्टका रामेश्वर शाह, एनआरएनए जापानका प्रकाश घिमिरे, इम्पेरियल सेक्यूरिटिज प्रा.लि.का प्रकाश तिवारी, होटल सहन्साका अरनिको शाह र बी एण्ड एसोसिएट्सका सीए आशिष ढकाल हुनुहुन्छ ।
फोरमको सल्लाहकारहरूमा इक्वेडरका महावाणिज्यदूत शसिकान्त अग्रवाल, एनआरएनएका अध्यक्ष कुमार पन्त र नेपाल भारत उवासंघका कोषाध्यक्ष एवं महासंघका पूर्व कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, नाडाका निवर्तमान अध्यक्ष शम्भु दाहाल, महासंघको पूर्व कार्यकारिणी समिति सदस्य अजय मुडवरी, महासंघका कार्यकारिणी समिति सदस्य राजेन्द्र राउत, सार्क उवासंघका विजय मल्ल, महासंघको पूर्वकारिणी समिति सदस्य तथा नेपाल टर्की उवासंघका अध्यक्ष अखिल कुमार चापागाई हुनुहुन्छ ।
फोरम विस्तार कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र लगानी तथा प्रविधि आकर्षणका लागि फोरमको अर्थपूर्ण सहयोग हुन सक्ने भन्दै यसमा लाग्न फोरमलाई सुझाव दिनु भयो । महासंघका विभिन्न समकक्षी अन्तराष्ट्रिय सस्थाहरुसंग विगतमा भएका सहमती सम्झौतालाई पुनरताजकी गर्न आवश्यक रहेको भन्दै फोरमले यसतर्फ पनि गम्भीर गृह कार्य गर्ने विश्वास आफूले लिएको बताउनु भयो । हाम्रा संबै कुटनीतिक च्यानलहरूसंग वलियो सम्पर्क विस्तार र विभिन्न देशका निजी क्षेत्रसंग समन्वय गरी मुलुकभित्र लगानी एवं प्रविधि आकर्षण, विकासका नयां नयां मोडलहरू समेत भित्रयाउने कार्यमा पहल गर्न सुझाव दिनु भयो । महासंघले अगाडी सारेको भिजनमा मुलुकको आर्थिक वृद्धिदर दोहोरा अंकमा लैजाने र प्रत्येक वर्ष करिव ४ लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएकाले यसलाई पुरा गर्न पनि वाह्य लगानी आवश्यक भएकाले यसमा सहयोग गर्न फोरमलाई आग्रह गर्नुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले विभिन्न देशमा छरिएर रहेका करिव ५० लाख नेपालीहरू, नेपाली कुटनीतिक नियोगहरू, महासंघका समकक्षी अन्तराष्ट्रिय संघसंस्थाहरूसंग समन्वय सहकार्य गरी नेपालमा अन्तराष्ट्रिय लगानी ल्याउन फोरमले परिणामदायी कार्य गर्ने विश्वास आफूले गरेको बताउनु भयो ।
फोरमका सभापति वस्नेतको अध्यक्षतामा वसेको पहिलो बैठकले नेपालमा विदेशी तथा गैर आवासीय नेपालीहरूको लगानी भित्रयाई उद्योग व्यवसाय प्रवर्द्धन तथा रोजगारी सिर्जनामा अधिकतम प्रयास गर्ने, व्यापार व्यवसाय विस्तारको सम्भाव्यताको अध्ययन गरी व्यवसाय प्रवर्द्धन गर्न पहल गर्ने, नेपालमा लगानी भित्र्याउन तथा नेपाली उत्पादनको निर्यात बढाउने मेला तथा गोष्ठीको आयोजना गर्ने लगायतको प्रतिवद्धता जनाएको छ ।