- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Press Release
- प्रधानमन्त्रीज्यूबाट महासंघको ५५ औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस समुद्घाटन् राष्ट्रिय आर्थिक रुपान्तरण २०३० सार्वजानिक (२०७७-१२-२९) | April 11, 2021
- भोली काठमाडौंमा एफएनसीसीआईको ५५ औं वार्षिक साधारण सभा, भिजन पेपर सार्वजनिक गरिने (२०७७/१२/२७) | April 09, 2021
- महासंघद्वारा पूंजीवजारका समस्या समाधान गर्न धितोपत्र बोर्डको ध्यानाकर्षण (२०७७/१२/१९) | April 01, 2021
- महासंघबाट नेप्से र सि.डि.एसका पदाधिकारीसंग भेटगरी सुझाव पेश (२०७७/१२/१७) | March 30, 2021
एसएमईजहरूलाई ऋण सहजीकरणमा सहयोग गर्नः महासंघ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल बीच सहमती (२०७७/१२/२२)
April 04, 2021

नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल बीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसएमईजहरू) को वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष अन्जन श्रेष्ठ, एशोसिएसनका प्रथम उपाध्यक्ष प्रध्युम्मन पोखरेलको समुपस्थितिमा भएको समझदारीपत्रमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले आज एक कार्यक्रम बीच काठमाडौंमा हस्ताक्षर गर्नुभयो ।
दुवै संस्था बीच भएको समझदारी अनुसार एशोसिएसनका सदस्य विकास बैंकहरूलाई लघु, घरेलु साना तथा मझौला उद्योगहरूको माग अनुसार सरल एवं सहज रूपमा कर्जा प्रवाह गर्न सहजीकरण गर्ने, व्यवसायीहरूलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया, कर तथा बजार व्यवस्थापन सम्बन्धी जानकारी दिन कार्यक्रम संचालन गर्ने, उत्पादनमुलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसायको प्रवर्द्धनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम संचालन गर्ने, उपयुक्त वित्तीय सेवाहरूको छनौट र प्रयोग गर्नर् सक्ने क्षमता विकास गराउने र भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्ने, कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगहरूलाई प्रवाह गरिने कर्जाहरूलाई प्राथमिकतामा राखी प्रविधि मैत्री बनाउने र त्यसका लागि उचित तालिमको व्यवस्था मिलाइने छ ।
समझदारीपक्र हस्ताक्षर कार्यत्रमलाई संवोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष श्रेष्ठले एसएमईजले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले संवोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकभित्रको कुल रोजगारीमा करिव ९५ प्रतिशत योगदान एसएमईजहरूकै भएकाले यो समझदारीले एसमएमईजहरू फस्टाउन विशेष सहयोग पुग्ने बताउनु भयो ।
महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने र यो सहकार्य मुलुकभित्र एसएमईजको विकासमा कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो ।
डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले लघु, घरेलु साना तथा मझौला व्यवसायको प्रबर्द्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतका सेवा प्रवाहमा सहजीकरण गराउने उद्देश्यले डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र महासंघ बीचको सहकार्यलाई परिणाममुखी बनाउने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।