Apr 26, 2021
अर्थमन्त्री समक्ष महासंघद्वारा आगामी बजेटका लागि निजी क्षेत्रका सुझाव पेस (२०७८/१/१३)

नेपाल उद्योग वाणिज्य महासंघद्वारा माननीय अर्थमन्त्री विष्णु प्रसाद पौडेलसमक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७८–७९ को बजेट एवं आर्थिक ऐनका सम्बन्धमा निजी क्षेत्रका सुझाव पेस गरिएको छ ।

महासंघद्वारा वैशाख १२ गते महासंघ सचिवालयमा बजेट अन्तरक्रियाको आयोजना गरी अर्थमन्त्री समक्ष सो सुझाव पेश गरिएको हो । सो अवसरमा अध्यक्ष शेखर गोल्छाले अर्थमन्त्री समक्ष महासंघको सुझाव पेस गर्नु भयो । 

महासंघले आफ्ना सबै सदस्यहरूबाट सुझाव संकलन गरी बजेट सुझाव तयार गरेको हो । कार्यक्रममा महासंघको कर तथा राजस्व समितिका सभापति संदीपकुमार अग्रवालले महासंघको सुझाव प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगाना, महासंघका पदाधिकारीहरू, समिति सभापतिहरू, अर्थ मन्त्रालय अन्तरगतका विभागिय प्रमुखहरू, महासंघका सदस्य संघ संस्थाका पदाधिकारीहरू, उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो । 

महासंघका तर्फबाट पेस गरिएको सुझाव ग्रहण गर्नुहुंदै अर्थमन्त्री पौडेलले बजेट निजी क्षेत्र मैत्री, उद्योग व्यवसाय मैत्री र उद्यमी व्यवसायीका गुनासाहरू संबोधन गर्ने हिसावले आउने विश्वास दिलाउनु भयो ।

अर्थमन्त्रीले भन्नु भयो–यो सरकारले निजी क्षेत्रको महत्व बुझेको छ । निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, निजी क्षेत्रको मनोवल उच्च बनाउन सरकार उद्दत छ । निजी क्षेत्रको कठिनाई बुझ्न चाहान्छ र आगामी बजेटमा निजी क्षेत्रले उठाउंदै आएका समस्या एवं गुनासालाई सरकारले संवोधन गर्छ । 

सरकार निजी क्षेत्रसंग बलियो सहकार्य गरी मुलुकको आर्थिक विकासमा अगाडी बढ्छ र त्यसको आभास निजी क्षेत्रले आगामी बजेट मार्फत गर्न पाउने छन् अर्थमन्त्रीले भन्नु भयो–महासंघले दिएका सुझावहरुलाई सरकारले संवोधन गर्छ । सरकारले निजी क्षेत्रलाई उत्साहित बनाउने गरी सहयोग गर्छ । तपाईहरू ढुक्क भएर काम गर्नुहोस सरकारले सहयोग गर्छ, अर्थमन्त्रीको रूपमा तपाईहरूका समस्यालाई संवोधन गर्न म तयार छु । 



अर्थ सचिव शिशिरकुमार ढुंगानाले महासंघले विकास र समृद्धिका विषयमा बजेट सुझाव मार्फत उठाएका विषयहरु अत्यन्त स्वागतयोग्य रहेको रहेको बताउनु भयो । कोभिड पुनरुत्थानका विषयमा आएका सुझावहरू महत्वपूर्ण रहेको, क्तबचतगउ लाई दगष्मिगउ गर्न सरकारको सहयोग र सहभागिता केमा कसरी खोजिएको हो स्पष्ट खाका दिन पनि आग्रह गर्नुभयो । सचिव ढुंगानाले स्वच्छ कर प्रशासन, स्वच्छ व्यवसाय सरकारको पनि चाहना रहेको स्पष्ट पार्नुभयो । महासंघले दिएका सुझावहरूलाई आगामी बजेटमा सक्दो संवोधन गर्ने विश्वास समेत उहांले दिलाउनु भयो । 

त्यसअघि महासंघका अध्यक्ष शेखर गोल्छाले स्वागत मन्तव्य दिनु भयो । सो अवसरमा अध्यक्ष गोल्छाले आगामी बजेट मुलतः महामारी नियन्त्रण एवं स्वास्थ्य सेवा विस्तार, प्रभावकारी राहत र पुनरुत्थान कार्यक्रम, कृषि इकोसिस्टमको पुर्नसंरचना, सार्वजनिक सेवामा प्रविधि र सुशासन, पूर्वाधार विकास, निजी क्षेत्र प्रोत्साहन विशेष कार्यक्रममा केन्द्रीत हुनुपर्ने सुझाव राख्नु भयो । 

कार्यक्रममा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष दिनेश श्रेष्ठ, समिति सभापतिहरू, महासंघका सदस्य संघ संस्थाका पदाधिकारीहरू, उद्यमी व्यवसायीहरूले आआफ्ना सुझावहरू राख्नु भएको थियो । कार्यक्रममा प्राप्त सुझावहरूलाई समेत संकलन गरी महासंघले सरकारमा पेस गर्नेछ ।  

कार्यक्रमको अन्त्यमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले धन्यवाद मन्तव्य दिनुहुंदै बजारमा पूजी प्रवाह बढाउन र सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ को प्रभावकारी कायान्वयनका लागि सम्पत्ति अभिलेखीकरणको अवसर एक पटक प्रदान गर्नुपर्नेमा जोड दिनु भयो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by