Nov 23, 2022
महासंघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र राजस्व समितिका सभापति कर दिवसका अवसरमा सम्मानित (२०७९/०८/०७)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र कर तथा राजस्व समितिका सभापति संदीप कुमार अग्रवाल राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित हुनु भएको छ । सरकारले धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई कर दिवसका अवसरमा सम्मानित गर्दै आएको छ । 

आज आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ मा वस्तु व्यापारतर्फ महासंघका अध्यक्ष गोल्छाको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., बरिष्ठ उपाध्यक्ष ढकालको आईएमई लिमिटेड रेमिट्यान्सतर्फ र कर तथा राजस्व समितिका सभापति अग्रवालको शिवशक्ति घ्यु कम्पनी खानेतेल निर्याततर्फ बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएका हुन । 

अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष ढकाल र कर तथा राजस्व समितिका सभापति अग्रवाललाई महासंघ हार्दिक बधाई एवं शुभ-कामना दिन चाहान्छ । 

‘स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधार: दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ यस वर्षको नारा तय गरिएको थियो । 
 

Copyright © 2005 - 2022. FNCCI. All Rights Reserved.

Powered by