Feb 15, 2023
नयाँ बसपार्क क्षेत्रमा भएका लुटपाट एवं तोडफोडप्रति महासंघको गम्भीर ध्यानाकर्षण, घटनामा संलग्नलाई तत्काल कानुनी कारवाही गर्न माग (२०७९/११/०३)

प्रशासनिक कारवाहीको विरोध गर्दै फागुन २ गते काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको प्रदर्शनका क्रममा त्यस क्षेत्रका व्यापारिक मल, सुपर मार्केट तथा अन्य व्यवसायमा भएको तोडफोड एवं लुटपाटका घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ त्यस्ता कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछ । 

लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाउने जति अधिकार छ त्यतिनै जनताले आफनो जीउ धन र सम्पत्तिको सुरक्षा गर्न पाउने अधिकार पनि छ । जनताको सम्पत्तिको खुलेआम तोडफोड, लुटपाट हुनु सोभनिय होइन र त्यो कानुनी राज्यमा दण्डनीय हुनुपर्छ । 

कुनै पनि विरोधका आडमा जवरजस्ती कानून हातमा लिई हुने यस्ता घटनालाई समयमै नियन्त्रण गर्नेतर्फ राज्यको ध्यान जान सकेन र त्यस्ता तत्वलाई कानूनको दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न सकिएन भने जुनसुकै समयमा अन्यत्र पनि यस्ता घटना नदोहोरिएलान भन्न सकिन्न ।  

अतः उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारवाही हुनुपर्ने तर्फ नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउंछ । साथै व्यवसायीका लुटिएका सामान अविलम्व फिर्ता गराउन समेत माग गर्दछ । 
 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by