May 09, 2023
महासंघ पदाधिकारी प्रतिनिधिमण्डल र श्रम मन्त्री बीच भेटवार्ता (२०८०/०१/२६)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी समक्ष आज मन्त्रालयमा भेटवार्ता गरेको छ । 

सो अवसरमा महासंघका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र मन्दीतर्फ गएको संकेत तथ्यांकहरुले पुष्टि गरीसकेकाले यो अवस्थामा उद्योग व्यवसाय संचालन र रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनिकरण गर्न र सम्भावित समस्या सामना गर्न सरकार र निजी क्षेत्रको बलियो सहकार्यमा जोड दिनु भयो । 

अध्यक्ष ढकालले श्रम बजारको माग अनुसारको शीप विकासमा पनि सो अवसरमा जोड दिनुभयो । वैदेशिक रोजगारीमा जांदा लिइने केही अव्यवहारिक नीति नियमको पुनरावलोकन हुनुपर्नेमा पनि मन्त्री भण्डारीको ध्यानाकर्षण गराउनु भयो । 

महासंघसंगको भेटमा मन्त्री भण्डारीले महासंघका तर्फबाट राखिएका सुझावका सम्बन्धमा मन्त्रालयका तर्फबाट गर्नुपर्ने नेतृत्वदायी भूमिकामा रहेर सहयोग गर्न आफू सकारात्मक रहेको स्पष्ट पार्नुभयो । 

मन्त्री भण्डारीले वैदेशिक रोजगारसंग सम्बन्धित नीति नियमलाई व्यवहारिक बनाउन आफू तयार रहेको र शीप विकास लगायतका श्रम क्षेत्रका सवै विषयमा निजी क्षेत्रको सरसल्लाहमा छलफल गरी काम गर्ने विश्वास दिलाउनु भयो । 

प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र महानिर्देशकको सहभागिता रहेको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by