May 09, 2023
अध्यक्ष ढकाल र आइएलओ देशिय निर्देशक बीच भेटवार्ता (२०८०/०१/२६)

आजै महासंघ सचिवालयमा महासंघका अध्यक्ष ढकाल र अन्तराष्ट्रिय श्रम संगठनका नेपालका लागि देशिय निर्देशक नुमान ओजकान (Mr. Numan Ozcan, Country Director, ILO to Nepal) बीच भेटवार्ता भयो ।

भेटका अवसरमा महासंघका अध्यक्ष ढकालले विद्यमान आर्थिक अवस्था, श्रम सम्बन्ध र महासंघको वर्तमान नेतृत्वले अगाडि सारेका मुख्य प्राथमिकताका विषय वारे जानकारी गराउंदै आइएलओबाट प्राप्त सहयोगका लागि धन्यवाद दिनु भयो । 

अध्यक्ष ढकालले आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने लगायतका महासंघको प्राथमिकतालाई सफल पार्न महासंघ र आइएओको सहकार्यमा जोड दिनु भयो । 


सो अवसरमा आइएलओका देशिय निर्देशक नुमान ओजकानले शीप विकास, पेशागत स्वास्थ्य सुरक्षा, सामाजिक सुरक्षा र सामाजिक संवादको विषयमा चर्चा गर्दै समावेशी आर्थिक विकासमा जोड दिनु भयो । उहांले महासंघसंगको सहकार्य र सहयोग आउंदा दिनमा पनि निरन्तर रहने प्रतिवद्धता जनाउनु भयो । 

भेटका अवसरमा महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ,महासंघका महानिर्देशक र आइएलओ काठमाडौका अधिकारीहरुको सहभागिता रहेको थियो ।  


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by