Nov 04, 2023
शुक्रवार राती जाजरकोट र रूकुम पश्चिममा गएको भुकम्पका कारण त्यस क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ दुःख व्यक्त गर्दछ ।
महासंघ, भुकम्पमा परी ज्यान गुमाउनु हुनेहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । साथै भुकम्पमा परी ज्यान गुमाउनु हुनेहरूको आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
महासंघ, सबै सदस्य उद्योग वाणिज्य संघहरू, उद्यमी व्यवसायीहरू र व्यवसायिक संघ संस्थाहरूलाई उद्दार र राहतमा सहयोग गर्न आव्हान समेत गर्दछ ।
भुकम्प प्रभावित जनताहरूको सहयोगका लागि महासंघले आफ्नातर्फबाट पहल गरी सकेको छ भने राहत र उद्धार कार्यलाई तिव्रताका साथ अगाडी बढाउन सरकार समक्ष अनुरोध गर्दछ ।
प्रभावित जनताहरूलाई आर्थिक लगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानी जस्ता अत्यावश्यक सामग्रीहरू सहयोग गर्न महासंघ आफ्ना सबै सदस्य संघ, संस्था, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीहरूमा हार्दिक अपिल गर्दछ ।
यसरी सहयोग गर्न चाहनेहरूले महासंघको स्वास्थ्य तथा विपत व्यवस्थापन समितिका सभापति श्री भक्त बहादुर हमाल (९८५१०४३५६३) र महासंघ सचिवालयका उपनिर्देशक श्री माधव मुल्मी (९८४१३२९३३५) लाई सम्पर्क राख्नु हुन अनुरोध छ ।