Nov 30, 2023
नेपाल अन्तराष्ट्रिय व्यापार मेला आजदेखि काठमाडौं शुरु — प्रदर्शनी स्थल निर्माणको कामलाई तत्काल अगाडी बढाउने सरकारी प्रतिवद्धता (२०८०/०८/१४)

सभामुख देवराज घिमिरेले निजी क्षेत्रले वर्षौदेखि उठाइरहेको प्रदर्शनी स्थल निर्माणको कार्यलाई अगाडी बढाउन आफना तर्फबाट पहल गर्ने विश्वास दिलाउनुु भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज देखि शूरु भएको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको समुद्घाटन गर्दै प्रमुख अतिथि सभामुख घिमिरेले सो कुरा बताउनु भएको हो । 



अन्तराष्ट्रिय व्यापार मेलाको यो नवौ स्करण हो । मेला नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना भएको हो । मेलाको सह आयोजकमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ रहेका छन् । 

निजी क्षेत्रले करिव तीन देशकदेखि स्तरीय प्रदर्शनी स्थल निर्माणका लागि सरकारलाई आग्रह गर्दै आएको छ । उच्चस्तरीय प्रदर्शनी स्थलको अभावमा व्यवस्थित रुपमा मेला महोत्सव आयोजनामा ठूलो कठिनाई भइरहेको छ । 

उच्चस्तरीय प्रदर्शनी स्थल भएमात्र मेला महोत्सवको आयोजनालाई उत्कृष्ट रुपमा व्यवस्थापन गर्न सकिनेमा महासंघको जोड छ । स्तरीय प्रदर्शनी स्थलको अभावको विषयलाई महासंघले राखे पश्चात प्रमुख अतिथि सभामुखले सो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । 

मंसिर १८ गतेसम्म चल्ने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा नेपाल सहित चीन, भारत, बंगलादेश, पाकिस्तानका गरी करिव २१० स्टलहरुमा मार्फत विभिन्न वस्तुु तथा सेवाको प्रदर्शनी गरिएको छ । 

मेला आयोजना स्थलको अभाव केन्द्र देखि प्रदेशसम्मै महशुुस गरिएको छ । म जहा गएपनि मेला स्थलको अभाव भएको कुरा निजी क्षेत्रले राख्दै आउनुु भएको छ । उच्चस्तरीय प्रदर्शनी स्थल मुलकका लागि आवश्यक छ यसका लागि म सरकारमा तत्काल पहल गर्छु तपाईहरुलाई सहयोग गर्छु, सभामुख घिमिरे सो अवसरमा बताउनुु भयो ।

सुस्ताएको अर्थतन्त्र र उद्योग व्यवसायलाई चलायमान बनाउन यो मेला सहयोगी हुने मैले ठानेको छुु सभामुख घिमिले भन्नुभयो‐मेलामा विभिन्न देशबाट भएको सहभागिताबाट व्यवासयिक साझेदारी, लगानी तथा काम गर्ने तौरतरिका समेत आदान प्रदानमा सहयोग पुुग्ने अपेक्षा मैले गरेको छुु । 
उद्योग सचिव मुकुन्द प्रसाद निरौलाले प्रदर्शनी स्थल निर्माणको कार्यलाई तत्तकाल अगाडि बढाइने बताउनुु भयो । हामीले अहिले हेरिरहेको क्षेत्र र चोभारस्थित सुुख्खा बन्दगाह कहां उपयुक्त हुन्छ यस विषयमा महासंघसंग छिट्टै बसेर त्यसको टुुंगो लगाई अगाढि बढाउने प्रतिवद्धता पनि जनाउनुु भयो । 

त्यसअघि स्वागत मन्तव्य (यसैसाथ संलग्न) राख्दै महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैधले स्तरीय प्रदर्शनी स्थल निर्माणका लागि वर्षौदेखि अनुरोध गर्दा पनि त्यसले मूर्तरुप नपाएकोमा दुःखेसो गर्नुभयो । उहांले व्यापार मेला आयोजना गर्ने जिम्मेवारी उद्यमी व्यवसायीको संघ संस्थालाई मात्र दिन अनुरोध पनि गर्नुभयो । 

सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं महासंघका अध्यक्ष चण्डिराज ढकालले महासंघले ५६ सालदेखि अन्तराष्ट्रिय मेला आयोजनालाई निरन्तरता दिंदै आएको तर हाम्रा पूर्वाधार भने पहिलेकै अवस्थामा रहेकोमा दुःख व्यक्त गर्नुभयो । 

उहांले अन्तर्राष्ट्रिय व्यापार मेला सार्क राष्ट्रहरु र चीनका उद्यमी व्यवसायी, लगानीकर्तालाई एकै थलोमा ल्याई लगानी प्रवद्र्धन आपसी सहकार्य बढाउन प्रभावकारी माध्यम बन्दै गएको बताउनुु भयो । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारि अधिकृत शरद विक्रम राणाले अन्तराष्ट्रिय व्यापार मेलामा व्यापार प्रवद्र्धन केन्द्रले सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहांले प्रदर्शनी स्थल निर्माण गर्ने कार्यलाई सरकारले मुख्य एजेण्डामा राखेर सहयोग गर्नुपर्नेमा पनि जोड दिनुु भयो । 

नेपालका लागि चीनका राजदुत छन सोङ (H.E. Mr. Chen Song, Ambassador of China to Nepal) को उपस्थिति रहेको समुद्घाटन समारोहमा चिनिया वाणिज्य मन्त्रालयका उपमहानिर्देशक देङ बो (Mr. Deng Bo, Deputy Director General, Trade Development Bureau, Ministry of Commerce, China) ले एनआईटिएफमा हरेक साल सहभागि हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहांले मेलामा आफनो देशको निरन्तर सहभागीता रहने प्रतिवद्धता पनि जनाउनु भयो । 

महासंघका उपाध्यक्ष हेमराज ढकालले समुद्घाटन समारोहमा धन्यवाद (यसैसाथ संलग्न) मन्तव्य राख्नु भयो ।  नेपाल सरकार र निजी क्षेत्रको संयुक्त सहकार्यमा आयोजना हुंदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सार्वजनिक निजी साझेदारी (Public Private Partnership - PPP) को सफल उदाहरण रहेको बताउनु भयो । 

उद्योग व्यवसाय र समग्र अर्थतन्त्रमै सुस्तता छाएको अवस्थामा अन्तराष्ट्रिय व्यापार मेलाको आयोजनाबाट थोरै भएपनि उद्योग व्यवसाय र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुुग्ने विश्वास उपाध्यक्ष ढकालले व्यक्त गर्नुभयो । 

कार्यक्रममा महासंघको व्यापार मेला समितिका सभापति उमेश डालमियाले अन्तर्राष्ट्रिय व्यापार मेलाका सम्बन्धमा विस्तृत प्रकाश पार्नु भएको थियो । 



कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारीहरु, महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरु, नेपाल स्थित बंगलादेश, पाकिस्तान र श्रीलंकाका राजूदतावासका उच्च अधिकारीहरु, महासंघका सदस्य संघ/संस्थाका पदाधिकारीहरु, उद्यमी व्यवसायी नेपाल, चीन, भारत, बंगलादेश, पाकिस्तानका प्रदर्शकहरुको उपस्थिति रहेको थियो । 

मेलामा सहभागी देशका प्रतिनिधिमण्डल बीच आपसी व्यवसायिक भेटवार्ता पनि हुने छ । मेलामा नेपाली यूवा उद्यमी मंचका स्टलहरु पनि राखिएका छन् । मेलाको करिव १ लाख आगन्तुकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा आइएमई पे यूजरका लागि प्रवेश पास निःशुल्क गरिएको छ । 

मेलाको प्रमुख प्रायोजक आइएमई पे, इन्सोरेनस पाटनर सगरमाथा लुम्बिनी इन्सोरेन्स, सह प्रायोजक हेरिटेज फ्लोरिङ कार्पेट इण्डष्ट्रि, आईएमएस ग्रुपको सहयोग रहेको छ । नेपाली तयारी पोशाक उद्योग संघ, नेपाल जुत्ता उत्पादक संघ, नेपाली युवा उद्यमी मञ्च मेलामा सहयोगी रहेका छन् । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by