Apr 03, 2024
महासंघका अध्यक्ष ढकालद्वारा मकै उत्पादनमा थप अनुसन्धान र विकासको आवस्यकता रहेको जानकारीः आयात प्रतिस्थापन गर्न कटनीपछिका गतिविधिलाई प्रवर्द्धन गर्न सम्बन्धित विकास निकायलाई आग्रह (२०८०/१२/२१)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको उत्पादन बढाउन अनुसन्धान र विकासमा ध्यान दिन सरकार र सम्बन्धित विकास निकायलाई आग्रह गरेका छन् ।

बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय मकै सम्मेलनमा महासंघका अध्यक्ष ढकालले सो प्रस्ताव राखेका हुन् ।  ढकालले करिब ९ लाख ८० हजार हेक्टर क्षेत्रफलमा मकै उत्पादन हुने र नेपालमा वार्षिक करिब ३० लाख टन मकै उत्पादन हुने गरेको बताए । नेपालमा मकै मुख्यतया मानिसको खाना, गाईवस्तुको दाना र चाराका लागि प्रयोग हुने गरेको उनले बताए ।

वार्षिक करिब ६ लाख मेट्रिक टन मकै आवश्यक पर्ने १४० फिड मिलमा निजी क्षेत्रले करिब ४० अर्ब रुपैयाँ लगानी गरेको ढकालले जानकारी दिए । तर, फिड मिलका लागि आवश्यक पर्ने कुल मकैको २० प्रतिशत मात्रै स्वदेशी उत्पादनबाट आपूर्ति हुने गरेको उनले बताए । बाँकी भारत र अन्य तेस्रो मुलुकबाट आयात हुने गरेको उनले बताए ।

नेपालमा औद्योगिक मकैको माग हरेक वर्ष बढ्दै गएको पनि उनले जानकारी दिए । वहाँले आर्थिक वर्ष २०२१/२२ मा नेपालले मुख्यतया दाना उद्योगका लागि १९ अर्ब ६५ करोड रुपैयाँको मकै आयात गरेको जानकारी गराए ।

मकैको उत्पादनपछिको गतिविधिलाई प्रवद्र्धन गर्न केही पहल भइसकेको भए पनि सरकार र विकास साझेदारको ध्यान उत्पादनको पक्षमा रहेको ढकालले बताए । उनले मकै उत्पादन बढाउन मकैमा कार्यरत सबै विकास निकायलाई अनुसन्धान र विकासका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरे ।

अध्यक्ष ढकालले कटनीपछिका गतिविधिलाई प्रवद्र्धन गर्न सम्बन्धित विकास निकायलाई आग्रह पनि गरे । देशले त्यसो गर्न सकेमा आयात प्रतिस्थापन गर्न सकिने र मकैमा निर्भर किसानले बढी आम्दानी गर्न सक्ने उनले बताए ।


FNCCI President Dhakal seeks more research and development in maize production: Requests concerned development agencies to promote post-harvest activities for import substitution 

President of Federation of Nepalese Chambers of Commerce and Industry, Chandra Prasad Dhakal, has requested the government and concerned development agencies to focus on research and development to increase the production of maize in Nepal. 

FNCCI President Dhakal said so on Wednesday during the International Maize Conference organised by the Ministry of Agriculture and Livestock Development. Dhakal said that maize is grown in nearly 980,000 hectares of land and Nepal produces around 3 million tonnes of maize per year. He also mentioned that maize is utilised mainly for human food, livestock feed and fodder in Nepal.

Dhakal informed the participants that the country's private sector has invested around Rs 40 billion in 140 feed mills that require nearly 600,000 metric tonnes of maize per year. He stated that, however, only 20% of the total maize required for feed mills is supplied through domestic production. The remaining is imported from India and other third countries, he added.

He also mentioned that the demand for industrial maize in Nepal is increasing every year. He informed that in Fiscal Year 2021/22, Nepal imported maize worth Rs 19.65 billion, mainly for the feed industry.  

Although there have been some initiatives launched to promote post-production activities of maize, the government and development partners are mainly focused on the production aspect, Dhakal said. He urged all the development agencies working in maize to support the private sector for research and development to increase maize production.

FNCCI President Dhakal also requested the concerned development agencies to promote post-harvest activities. He stated that if the country is able to do so then we can substitute imports and farmers involved in maize will have more income.


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by