Nov 06, 2026
महासंघको सहकार्यमा नेतृत्व विकास सम्बन्धि कार्यशाला सम्पन्न (२०८३/०७/२०)


नेपाल उद्योग वाणिज्य महासंघ र महिला उद्यमी महासंघ नेपालको सहकार्यमा महिला उद्यमीहरूको नेतृत्व क्षमता तथा व्यक्तिगत विकास अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार, काठमाडौंमा नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न भएको छ । 

Purpose, Power and Narrative: Leading from Within-Leadership from the Inside Out विषयक उक्त कार्यशाला आत्मचेतना, व्यक्तिगत क्षमता पहिचान, उद्देश्यअनुरूप नेतृत्व विकास तथा व्यावसायिक जीवनमा सकारात्मक प्रभाव सिर्जना गर्ने विषयमा जोड दिइएको थियो । 

कार्यशालामा LEC Law and Economic Cooperation Eur Asia GmbH की प्रबन्ध निर्देशक तथा जर्मनीको बर्लिनस्थित Silk Road Connect TOO e.V का बोर्ड सदस्य कुन्दुज काचिएभाले सहजिकरण गर्नुभएको थियो । कार्यशाला सञ्चालनकै लागि उहाँ जर्मनीबाट नेपाल आउनुभएको थियो ।

कार्यशालामा व्यक्तिगत उद्देश्यको पहिचान, आफ्ना क्षमता र सम्भावनाको उपयोग तथा आत्मविश्वासका साथ नेतृत्व गर्ने विषयमा छलफल गरिएको थियो । साथै, व्यक्तिगत अनुभव, सोच र दृष्टिकोणले नेतृत्व शैली, निर्णय प्रक्रिया तथा व्यावसायिक सम्बन्धमा पार्ने प्रभावबारे समेत सहजीकरण गरिएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै महिला उद्यमी महासंघका अध्यक्ष दर्शना श्रेष्ठले उद्यमशीलताको सफलताका लागि व्यावसायिक तथा प्राविधिक ज्ञानसँगै आत्मविश्वास, प्रभावकारी सञ्चार, निर्णय क्षमता र नेतृत्व सीप पनि महत्त्वपूर्ण हुने बताउनु भयो उहाँले महिला उद्यमीहरूको व्यक्तिगत तथा व्यावसायिक क्षमता विकासमा यस्ता कार्यक्रमले सहयोग पुर्याउने धारणा राख्नु भयो । 

सो अवसरमा महासंघका द्वितीय उपाध्यक्ष बसन्ती प्रधान तथा महासंघकी प्रथम उपाध्यक्ष सुनिता वैद्यले कार्यशालाको उद्देश्य तथा विषयवस्तुबारे जानकारी दिँदै महिला उद्यमीहरूको नेतृत्व क्षमता अभिवृद्धि तथा उनीहरूको व्यावसायिक विकासका लागि महासंघले विभिन्न क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो । 


 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image