Jun 04, 2017
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गोरखा उद्योग वाणिज्य संघ गोरखाको बिधान संशोधन बिशेष साधारण सभा तथा बहुउदेश्यीय भवनको जेठ २० गते गोरखामा एक कार्यक्रम बीच समुद्घाटन गर्नुभयो । 

उक्त कार्यक्रमलाई संवोधन गर्नुहुंदै अध्यक्ष राणाले अहिलेको बजेटले निजि क्षेत्रलाई सम्बोधन गर्न नसकेको बताउनु भयो । अध्यक्ष राणाले ‘निर्वाचन आचारसंहिता लागू भएर पनि होला, तर निजी क्षेत्रका धेरै पक्षहरु छुटेका बताउनु भयो । तथापी अध्यक्ष राणाले जिल्लाको आर्थिक समृद्धिमा लाग्न गोरखा उद्योग वाणिज्य संघलाई आग्रह समेत गनर््भयो ।  

आर्थिक समृद्धि र विकास अहिलेको आवश्यकता रहेको बताउँदै राणाले जिल्लाका सम्भावनालाई आर्थिक रुपमा परिचालन गरी आर्थिक समृद्धिमा जुट्न आग्रह गर्नुभयो । यसका लागि सहयोग गर्न महासंघ तयार रहेको उहाँले बताउनुभयो । बिकास र समृद्धि निजि क्षेत्र र सरकारको साझेदारीमा मात्र सम्भव हुने उहाँको भनाई छ ।

उद्योग वाणिज्य महासंघको गतिविधि सुस्त भएको भन्दै राणाले युवा परिचालन गरी दक्ष युवा जनशक्ति उत्पादनका लागि अभियान शुरु गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष राणाले गोरखा उद्योग वाणिज्य संघले बनाएको बहुउद्देश्यीय भवनको पनि उद्घाटन गर्नुभएको छ । करिब एक करोडको लागतमा उक्त भवन निर्माण भएको थियो । त्यस्तै संघले निर्माण गर्ने तयारी गरेको सभाहल निर्माण गर्नका लागी उहाँले ५० हजार सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image