Sep 21, 2021
प्राक्कथन

कुनै पनि पेशा व्यवसायमा काम गर्ने व्यक्तिको स्वास्थ्य र सुरक्षाले विशेष महत्व राख्दछ । तसर्थ प्रतिष्ठानले काम गर्ने श्रमिक कामदारको स्वास्थ्य सुरक्षाको लागि उचित व्यवस्था गर्नुपर्दछ । कार्यस्थलको अवस्थाले काम गर्ने व्यक्तिको स्वास्थ्य सुरक्षामा प्रत्यक्ष असर पर्ने हुँदा कार्यस्थल र काम गर्ने वातावरण स्वास्थ्य र सुरक्षित हुनुपर्दछ भन्ने कुरामा हामी सबैको ध्यान जानु जरुरी छ ।

कोभिड–१९ जस्ता संक्रामक रोगबाट बच्ने उपायका साथै कामको प्रकृति र कार्यस्थलको अवस्थाले श्रमिक कामदारको स्वास्थ्य, सुरक्षा र उत्पादकत्वमा असर पर्दछ । व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी आधारभूत जानकारीका साथै व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी कानूनी व्यवस्था र व्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति समेत समावेश गरी तयार गरिएको यो हाते पुस्तिकाको प्रकाशन निकै सान्दर्भिक हुनुको साथै यसबाट कार्यस्थलको अवस्थामा सुधार तथा श्रमिक कामदारलाई सम्भावित जोखिमबाट बचाउ गर्न मद्दत पुग्ने विश्वास लिएको छु । यो पुस्तिका तयार गर्न र प्रकाशन गर्न सहयोग पुर्‍याउने संस्था International Labour Organisation - ILO को काठमाडौ कार्यालयका निर्देशक डा. रिचार्ड हवार्डलाई धन्यवाद दिन चाहन्छु । पुस्तिका प्रकाशन गर्ने व्यवस्था मिलाउनु भएकोमा रोजगारदाता परिषदका सभापति श्री रामचन्द्र संघई र उप–सभापति श्री प्रवलजंङ्ग पाण्डेयलाई धन्यवाद ज्ञापन गर्दछु ।


शेखर गोल्छा
अध्यक्ष

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by