Aug 02, 2023

नेपाल उद्योग वाणिज्य महासंघको सदस्य नेपाल निर्माण व्यवसायी महासंघद्धारा विभिन्न माग राखि भैरहेको आन्दोलनप्रति महासंघको ध्यानाकर्षण भएको छ । 

कूल गार्हस्थ उत्पादनमा ठूलो योगदान रहेको यस क्षेत्रका जायज माग सुनुवाइमा भैरहेको ढिलाईले निर्माण मात्र नभइ अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको छ ।  

व्यवसायीले निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नहुदा वित्तिय प्रणाली र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको हुदा त्यसतर्पm सरकार सम्वेदनशील हुनु जरुरी छ । 

बिकास निर्माण र सर्वसाधारणको जीवन यापनसंग समेत जोडिएका परियोजना रोकिदा सरकारको पूँजीगत खर्च पनि हुन सकेको छैन भने जनताले पनि सुविधा पाउन सकेका छैनन् । गत बर्ष पूजीगत खर्च जम्मा ६१ प्रतिशत भएको छ । यसले राष्ट्रिय अन्तराष्ट्रियस्तरमा पनि सकारात्मक सन्देश गएको छैन । 

निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहदा अर्थतन्त्र मन्दीमा गएको छ भने यसबाट बैंक वित्तिय संस्था, सिमेन्ट, छड जस्ता निर्माण सामाग्री उत्पादक र सरकारको राजश्वमा पनि गम्भीर असर परेको छ । राजस्व १३ प्रतिशतले घटेको छ भने उद्योगहरू करिब ३० देखि ३५ प्रतिशत क्षमतामा चलिरहेका छन । 

अतः विभिन्न माग राखी आन्दोलित निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकार समक्ष आग्रह गर्दछ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by