Feb 26, 2017
५० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

हेटौंडा, फागुण १५ । मकवानपुर उद्योग वाणिज्य संघको फागुण २१ गते हुने आसन्न स्वर्ण महोत्सव तथा ५० औं बार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौडा बुद्धचौकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी, मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुपारेटार ब्यारेकका नेपाली सेनाका अधिकृत जवानहरुको समेत सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा ७५ जना व्यक्तिहरुले रक्तदान गरेको स्वर्ण महोत्सव स्वास्थ्य उप–समितिका संयोजक दिवस पराजुलीले बताएका छन् । 

कार्यक्रममा स्वर्ण महोत्सव मूल समारोह समतिका संयोजक उत्तम शर्मा ढकाल, काली शक्ति गणका गणपति सुशील बहादुर सिंह, संघका पदाधिकारी, सदस्य, व्यावसायी, सञ्चारकर्मी प्रताप विष्ट लगायतको उपस्थिति रहेको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत संघले भोलि हेटौंडा अस्पतालमा रहेका विरामीहरुलाई विहान ७ः३० बजे फलफूल वितरण गर्ने संघका महासचिव महेन्द्र राउतले जनाएका छन् । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by