Jun 18, 2017
मकवानपुर उवासंघद्वारा थाहा नगरपालिका प्रमुख तथा उप-प्रमुखको स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न


हेटौंडा आषाढ ४ । मकवानपुर उद्योग वाणिज्य संघले आज थाहा नगरपालिका प्रमुख लवशेर विष्ट तथा उप–प्रमुख खड्गबहादुर गोपालीको स्वागत तथा शुभकामना कार्यक्रम गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा भएको शुभकामना कार्यक्रममा व्यवसायिक धरातलबाट आएका नगर प्रमुख विष्टले नगरका बासिन्दाको प्रतिव्यक्ति आयलाई बढाउने र कृषि उत्पादन प्रबद्र्धनको लागि सर्वसुलभ सडक, पानीको समुचित विकास आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् । करीब २७ हजार मतदाता रहेको थाहानगर पर्यटकीय क्षेत्र रहेकोले उद्योग वाणिज्य संघ जस्ता व्यावसायिक संगठनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विष्टले उवासंघ मार्फत सामाजिक कार्य अघि बढाएकाले जनताले आफूलाई विश्वास गरी विजयी गराएको समेत धारण व्यक्त गरेका छन् । संघका उपाध्यक्ष समेत रहेका नगर प्रमुख विष्टले उद्योग वाणिज्य संघ राजनैतिक रुपमा एक तटस्थ संस्था रहेको र आफू राजनैतिक रुपमा व्यस्त रहनु पर्ने भएको कारण केही दिनमा नै नैतिक रुपमा आफूले उपाध्यक्ष पदबाट राजीनामा दिने बताएका छन् । 

कार्यक्रममा संघका कार्यसमिति सदस्य समेत रहेका नगर उप-प्रमुख गोपालीले आफूहरुलाई संघबाट दिईएको शुभकामनाका लागि धन्यवाद दिदै आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालद्वारा समापन गरिएको स्वागत कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, जीवन काजी माकजू श्रेष्ठ, थाहानगर उवासंघका अध्यक्ष कविराज खत्री, संघका सल्लाहकार, महासचिव महेन्द्र राउत, कोषाध्यक्ष प्रमोदसिंह रानाभाट, उपाध्यक्ष कृष्ण अग्रवाल, सचिव उज्वल चौलागाई, दिवस पराजुली, महिला समिति सभापति निलम पाण्डे, संघका कार्य समिति सदस्यहरु, कर्मचारी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by