Aug 09, 2017
हेटौंडामा उर्जा व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
मकवानपुर उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघ, उर्जा दक्षता केन्द्रको संयुक्त आयोजनामा हालै हेटौंडामा उर्जा व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । 

संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उर्जा विज्ञ अशोक कपुरले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कटुवालले लोडसेडिङ्गको मारमा परेका नेपालका कलकारखानाका लागि उद्योग विकासमा उर्जा व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । सचेतनामूलक कार्यक्रममा हेटौंडाका साना–ठूला उद्योग गरी करीब ३० भन्दा बढी उद्योगका व्यवस्थापक, उर्जा शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा चालु अवस्थाका उद्योगहरुले प्रयोग गर्ने इन्धन, विद्युतको चुहावट कम गरी आवश्यक उर्जा मात्र खपत गरी उद्योग सञ्चालन गर्ने विषयमा अन्तक्र्रिया समेत गरिएको थियो । देशका विभिन्न ४ शहर विराटनगर, भैरहवा, पोखरा र हेटौंडाको ३/३ वटा उद्योगको उर्जा व्यवस्थापन नमूना परीक्षण समेत गरिने केन्द्रका प्राविधिक अधिकृत मिलभ श्रेष्ठले बताउनु भयो । 

कार्यक्रममा उद्योग संघका स्वागतराज प्याकुरेल, जीआइजेडकी उर्जा व्यवस्थापन लिड अडिटर रोजिना बाडे, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम जर्मन सरकार/जीआईजेड परियोजनाको सहयोगमा आयोजना गरिएको हो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by