Aug 13, 2017
उद्योग वाणिज्य संघ–चितवन
उद्योग वाणिज्य संघ–चितवनले चितवन जिल्लाको स्थानिय तहको निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई संघको सभा हलमा एक कार्यक्रमका बीच स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गर्दै उहाँहरुसंग परिचयात्मक कार्यक्रमको आयोजना गर्‍यो । संघका अध्यक्ष राजन गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले लामो समयसम्म रिक्त रहेको स्थानिय तहमा जननिर्वाचित प्रतिनिधिहरु आउनु सबैको लागि सुखद भएको भन्दै समग्र जिल्लाको विकासको लागि सहकार्य गर्न आव्हान गर्नुभएको थियो । 
पूर्व अध्यक्ष मित्रराज दवाडी र नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य एवं पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराईले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै विविधताले भरिपूर्ण जिल्लाको समग्र विकासका लागि सरोकारवालाहरुसंग सहकार्य गरी देशकै उत्कृष्ट जिल्लाको रुपमा विकास गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिनुभएको थियो । 
संघका संस्थापक सचिव एवं पूर्व अध्यक्ष कृष्णवन्धु पिया र अध्यक्ष राजन गौतमले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई वधाई तथा शुभकामना पत्र प्रदान गर्दै खादा लगाईदिनुभएको थियो । सो अवसरमा उपस्थित जनप्रतिनिधिहरु मध्येबाट रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, भरतपुर महानगरपालिकाका उप–प्रमुख पार्वती शाह र प्रमुख रेणु दाहालले व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर समग्र जिल्लाको विकासका लागि सबैसंग सहकार्य गर्दै चितवनलाई नमूना जिल्लाको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
संघका कार्यकारी निर्देशक रसिक प्रधानले सञ्चालन गर्नुभएको सो कार्यक्रमको अन्त्यमा वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by