Jan 31, 2018
लेखनाथ १६ माघ 

लेखनाथको तालचोकमा जारी १४ औ सस्करणको लेखनाथ महोत्सवमा दर्शकको चापसगै कारोवारमा पनि उल्लेखिए रुपमा बृद्धि भएको छ ।

माघ २२ गतेसम्म चल्ने महोत्सवको छैटौ दिन सार्वजानीक विदा परेकाले दर्शकहरुको चाप मध्यान्न देखि थामी नसक्ने आवस्थमा पुगे पछि आयोजकहरुले टिकट घरको अलवा अन्य तिन चार ठाउँबाट टिकट विक्रिको ब्यवस्था मिलाएका थिए ।

महोत्सव प्रति दर्शकहरुको अभुरुचि बढेकाले मंगलवार मात्र करिव ५० हजार दर्शकहरुले मेलाको अवलोकन गरेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघको दावी रहेको छ भने अहिलेसम्म आईपुग्दा करिव एक लाख ५० हजार दर्शक मेला प्रबेश गरिसकेको संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिएका छन् । 

दर्शको चाँपसगै कारोवारमा पनि उल्लेखिए रुपमा बृद्धि भएको छ ।महोत्सवमा आउने दर्शकहरुले हातमा केहि न केहि लिएर फर्कने गरेको देखिन्थो । महोत्सवको छैटौ दिनमा करिव एक करोड ७५ लाख बरावरको आर्थीक कारोवार र अहिलेसम्म पाँच करोड ७५ लाख बरावरको कारोवार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाको दावी रहेको छ । 

महोत्वको पनि महोत्सवका रुपमा चिनिदै आएको लेखनाथ महोत्सको मुख्य आकर्षणका रुपमा रहेको नृत्य विधाको गण्डकी तारा प्रतियोगितामा ख समुहका छ प्रतिशपर्दीहरु मध्य अन्जली मगर र नविना गुरुङ बाहिरीका छन् भने गणेस तामाङ, बिनेस गुरुङ, सपना धाई थापा र स्मृती गुरुङ दोस्रो चरणमा प्रबेश गरेको र बुधवार आठ जनाका विच प्रतिसप्रर्दा हुने कार्यक्रम संयोजक ऋषिराम जमरकट्लले भनाई रहेको छ ।  

यसैगरि महोत्सवको आर्को थप आकर्षणका रुपमा रहेको रत्यौली गित प्रतियोगितामा एकजुट मिलन आमा समुह,अर्चले बाह्घरे आमा समुह,लेखनाथ सामुदायिक आमा समुह,र आर्दश आमा समुहको प्रस्तुती रहेको थियो भने मंगलवार भएको बिद्यालय स्तरीय नृत्य प्रतियोगितामा युनिभर्स बोडिङ स्कुलकी प्रिति गुरुङ र  गायन तर्फ डायमण्ड मोडल एकेडेमीकी मोनीका परियार अन्तिम प्रतिष्पर्धाका लागि चयन भएको प्रतियोगिताका संयोजक उपेन्द्रराज सुबेदी राजुले जानकारी दिएका छन् । 

यसैविच महोत्सवको सातौं दिन बुधवार पप लाइभ कन्सटमाः लाउरे र याम नेपाली,दोहोरी तर्फ श्रीस देवकोटा,प्रदिप त्रिपाठी,निंचल दवाडी,कला लम्साल,प्रिया भण्डारी र दर्गा सापकोटा लगाएत साथमा लोकप्रिय ह्स्य कलाकारको प्रहसन रहने स्टेस संयोजक तथा वरिष्ठ उद्घोषक नेत्रपाणि बास्तोलाले जानकारी दिएका छन् । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by