Feb 22, 2018

उद्योग वाणिज्य संघ चितवनले कार्यकाल २०७४-२०७६ का लागि योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । संघको हालै सम्पन्न ५१ औं वार्षिक साधारणसभा तथा अधिवेशन बाट श्री सहनलाल प्रधानको नेतृत्वमा निर्बाचित नयां कार्यसमितिले आगामी २ बर्षका लागि कार्ययोजना तय गर्नका लागि उक्त योजना तर्जुमा गोष्ठी आयोजना गरेको हो । चितवनको पर्यटकिय स्थल जगतपुर स्थिति होटल टाईगरल्यान्ड सफारी रिर्सोटमा सम्पनन उक्त गोष्ठीले शिक्षा, कृषी, पर्यटन, स्वास्थ, सचिवालय सुदृढीकरण, व्यवसाय प्रबद्र्धन, उद्यमशिलता विकास र औद्योगिकरण र पूर्वाधार विकासलाई मुख्य आधार मानेर बिभिन्न कार्यक्रमहरु तर्जुमा गरेको हो । सामाजिक उत्तरदायित्व एवम् संस्थागत उत्तरदायित्व सहितको व्यवसायलाई प्रबद्र्धन गर्दै चितवन जिल्ला लगायत देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने तवरमा कार्यक्रम आयोजना गर्ने गरि योजना तय गरिएको हो । चितवन जिल्ला हरेक आयामले सम्भावित जिल्ला भएकोले यसको विकासमा स्थानिय निकायहरु संग समन्वय गरी सम्पन्न गर्ने गरि संघले कार्यक्रम तय गरेको हो । संघको उक्त गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गदैै संघका अध्यक्ष श्री सहनलाल प्रधानले गोष्ठीले संघलाई आगामी २ बर्षका लागि कार्यक्रमहरु संचालन गर्न मार्ग प्रशस्त गरेकोले सम्पूर्ण पदाधिकारी,कार्यसमिति सदस्य, पुर्वअध्यक्षहरु तथा सचिवालयको सक्रिय भूमिका रहने अपेक्षा व्यक्त गर्नुभएको थियो ।  २ दिन सम्म सञ्चालित उक्त गोष्ठीमा संघका पुर्व अध्यक्ष मित्रराज दवाडी र नेपाल जेसीजका पूर्व अध्यक्ष एवम् नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष  महेश दाहालले  सहजिकरण गर्नु भएको थियो । संघका अधयक्ष श्री सहनलाल प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यसमितिका पदाधिकारी, कार्यसमिति सदस्यहरु, पूर्वअध्यक्षज्यूहरु र सचिवालयका कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । योजना तर्जुमा गोष्ठी यहि फागुन २ र ३ गते सम्पन्न भएको थियो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by