Apr 21, 2018

लेखनाथ ८, बैशाख        

विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लेखनाथ आईपुगेको दमक उद्योग वाणिज्य संघको भ्रमण टोलीको सम्मानमा लेखनाथ उद्योग वाणिज्य संघले स्वागत एवं छलफल कार्यक्रम आयोजना गर्यो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीको अध्यक्षतामा आयोजना गरिएको स्वागत कार्यक्रममा भ्रमण टोली नेता तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले भ्रमणको उद्देश्य र संघका क्रृयाकलापहरुका वारे जानकारी दिनुभएको थियो ।     
संघको एक आपसको कार्यशैली र अनुभवको आदान प्रदान, संस्थागत बिकास, मेला महोत्सव लगायत विभिन्न कार्यक्रम, उद्योग वाणिज्य संघहरुको स्थायी आर्थिक श्रोत जस्ता विषयमा  छलफल केन्द्रित रहेको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पुर्व अध्यक्ष चतुराखर अधिकारी, पुर्व अध्यक्ष बावुराम गिरी लगायतले लेखनाथ उद्योग वाणिज्य संघको स्थापना काल र संघले छोटो समयमा हासिल गरेका उपलव्धहरु, संघका गतिविधिहरु, आय आर्जन र महोत्सव सम्वन्धी चर्चा गर्नुहुदै यस किसिमको भ्रमण कार्यक्रमले दुई संघ विचको सम्वन्ध अझ प्रगाढ हुदै जाने र व्यवसायीक विकासमा टेवा पुग्ने वताउनु भएको थियो । 

लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भरतकुमार अधिकारीले संचालन गर्नु भएको सो कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by