May 08, 2018
मकवानपुर उवासंघद्वारा स्वागत तथा छलफल कार्यक्रम सम्पन्न
२०७५ साल वैशाख २५ गते

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण कटुवालको सभाध्यक्षतामा जिल्ला प्रहरी कार्यालय, मकवापुुरका नवआगन्तुक जिल्ला प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम आयोजना गरिएको छ ।

प्रहरी उपरिक्षक श्रेष्ठलाई फूल गुच्छा, माला लगाउँदै अध्यक्ष कटुवालले स्वागत गर्नु भएको थियो । जिल्लाको वस्तुस्थिति वारेमा अध्यक्ष कटुवालले प्रकाश पार्नु हुँदै आम सर्वसाधारणले सुरक्षाको प्रत्याभुति अनुभव गर्न पाउनु पर्ने बताउनुहुँदै श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । संघका पूर्वअध्यक्ष तथा सल्लाहकार उत्तमशर्मा ढकालले संघले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै मकवानपुुर लागू औषधको ट्रान्जिटको रुपमा परिचित हुँदै गएकोमा यो परिचय फेर्नकालागि संघवाट गर्नुपर्ने सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । संघकै पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले मौलाउँदै गएको साईबर क्राईम र चन्दा आतंकको विषयमा ध्यानाकर्षण गराउँदै यस्ता कार्यले अपराध बढ्दै जाने र समयमै यसलाई सम्बोधन नगरेको अवस्थामा कालान्तरमा भयावह रुप लिने बताउनुभयो । 

यसै क्रममा संघका सल्लाहकार तथा होटल एशोसियसन मकवानपुरका अध्यक्ष भागिरथ शर्माले होटल व्यवसाय सञ्चालनमा परेको समस्याको वारेमा उपरीक्षक श्रेष्ठको ध्यानाकर्षण गराउनुभएको थियो । संघका पूर्वअध्यक्ष तथा सल्लाहकार भुवनलाल श्रेष्ठ तथा संघका कार्यकारी सचिव विवेक मानन्धरबाट संघको पहलमा नगर क्षेत्रमा जडान गरिएको ऋऋत्ख् को अवस्थाको बारेमा अवगत गराउँदै यसको मर्मतमा आएको समस्या र स्वामित्व लिने विषयमा श्रेष्ठ समक्ष आफ्नो विचार व्यक्त गर्नुभएको थियो । 

प्रहरी उपरिक्षक श्रेष्ठले सहभागीहरुको जिज्ञासा मेटाउने क्रममा हेटौंडा नगरलाई २४ सै घण्टा खुल्ला राख्न सबैको सहयोग आवश्यक रहेको वताउनुभयो । अपराध कम गर्न जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताउनुहुँदै उपरीक्षक श्रेष्ठले अपराधीलाई “डन” होईन “भुसुना” को संज्ञा दिनुपर्ने र अपराध न्यूनिकरण गर्न सही समयमा सहि सूचना प्रहरीलाई दिन अनुरोध गर्नुभयो । प्रहरीलाई पनि आम नागरिकको सहयोग प्राप्त भएमा अपराध न्यूनिकरणमा सहयोग पुग्ने बताउनुहुँदै श्रेष्ठले नगरको सिसिटिभी जडानमा मउवासंघले गरेको कार्यको सह्राना गर्नुभयो । समयसमयमा गर्नुपर्ने सिसिटिभी मर्मतकालागि जिल्लामा रहेको स्थानीय निकाय तथा सम्वन्धित सरोकारवाला निकायमा प्रस्तावना सहित जान आपूm तयार रहेको पनि श्रेष्ठले बताउनुभयो । जिल्लामा भईरहेको गाँजाखेतीको विकल्पमा ती क्षेत्रहरुमा रोजगारी श्रृजना हुने खालका कार्यक्रम ल्याउन निजी क्षेत्रको साथ आवश्यक रहेको पनि उहाँले बताउनुभयो । सबैलाई मन्त्रमुग्ध पार्ने शैलीमा आफ्नो भनाई राख्नुभएका श्रेष्ठले समाज सुधारकालागि व्यक्ति आफैबाट शुरुवात गर्नुपर्ने बताउनुहुँदै उहाँले जघन्य अपराध, गुण्डागर्दी, चन्दा आतंक आफ्नो लागि असह्य हुने बताउनुभयो । 

कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा सल्लाहकार केशव श्रेष्ठ, उत्तमशर्मा ढकाल, जीवनकाजी माकजु श्रेष्ठ, भरत पराजुली, अध्यक्ष सल्लाहकार नरोत्तम दाहाल, उपाध्यक्ष रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव विष्णुगोपाल महर्जन, कार्यसमिति सदस्य विष्णु खनाल, दिपक उप्रेती, कृष्णप्रसाद ढुंगाना, नरेन्द्र भण्डारी, वालकुमार मल्ल, सुनिल अधिकारी, दिवश पराजुली एवम् भूपेन्द्र अधिकारी रहनु भएको थियो । समापन मन्तव्य दिनुहुँदै बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले श्रेष्ठको भनाई प्रति संघको तर्पmबाट पूर्ण रुपमा सहयोग रहने र गाँजा खेतीको विकल्पको विषयमा संघले रोजागारीकालागि तालिम उपलब्ध गराउने बताउनुभयो । कार्यक्रम संघका महासचिव प्रमोदसिंह रानाभाटले सञ्चालन गर्नुभएको सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले बताउनुभयो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by