May 07, 2018
सिद्धार्थ उवासंघबाट निर्माणाधिन गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन 

२०७५ बैशाख २४ गते

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही बाट निर्माणाधिन गौतमबुद्ध अन्तरास्ट्रिय विमान स्थलको कार्यप्रगति बारे अनुगमन गरियो ।  आयोजना प्रमुख लाई समयमै निर्माण सम्पन्न गर्नको लागि संघले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरियो । साथै गोरखपुर एअर रुट आवश्यक भएकोले संघबाट सम्बन्धित निकायमा पहल समेत गरिएको जानकारी संघका अध्यक्षज्यूले जानकारी गराउनु भएको थियो ।   आयोजना प्रमुखले करिव ४० प्रतिशत कार्य सम्पन्न भईसकेको र आगामी सन् २०१९ को सेप्टेम्वर महिनासम्म पहिलो उडान गराउने लक्ष्य लिएको बताउनु भएको थियो । संघका अध्यक्ष कुल प्रसाद न्यौपानेज्यूकोे नेतृत्वमा गएको उक्त अनुगमनमा संघका पदाधिकारी, कार्यसमिति सदस्य, संचारकर्मीहरूको सहभागिता रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by