May 18, 2018

लेखनाथ ४, जेष्ठ

लेखनाथ उद्योग वाणिज्य संघको आयोजना तथा कालिकास्थान बजार व्यवस्थापन समितिको सहयोगमा कर शिक्षा छलफल तथा अन्तरक्रिया कार्यक्रमको तेस्रोे दिनको कार्यक्रम पोखरा लेखनाथ वडा नं ३३, कालिकास्थानमा शुक्रबार सम्पन्न भयो । 

प्रमुख अतिथि एवं पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले व्यवसायीहरुका लागि करलेखा अत्यन्त जरुरी भएकाले लेखा चुस्त र दुस्त राख्नुपर्ने र महानगरपालिकालाई व्यवसाय कर तिर्ने र लेखा राख्ने र व्यवसाय दर्ता गरेरमात्र अगाडि बढ्न सवैलाई अनुरोध गर्नुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीको अध्यक्षतामा आयोजना भएको कर प्रशिक्षण कार्यक्रममा कालिकास्थान बजार व्यवस्थापन समितिका अध्यक्ष पदमराज पौडेलले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका पूर्व कर अधिकृत रमानाथ पौडेल र कर सहयोगी श्रमिक संगठन नेपाल संयुक्त जिल्ला समिति पोखराका निवर्तमान अध्यक्ष सुदिप अधिकारीले प्रशिक्षण दिनुभएको थियो । कालिकास्थानमा रहेका ४० जना व्यवसायीहरुको सहभागिता रहेको थियो । 

संघका कार्यसमिति सदस्य एवं राजश्व परामर्श समितिका सभापति विक्रम कर्माचार्यले कर शिक्षा कार्यक्रमको उद्देश्य र महत्व माथि प्रकाश पर्नु भएको उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, कार्यसमिति सदस्य सरोजराज अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो भने संघका महासचिव भरतकुमार अधिकारीले कार्यक्रम संचालन गर्नुभएकोे थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by