Jun 24, 2018
मकवानपुर उवासंघद्वारा प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ्ग स्वागत सम्मान कार्यक्रम 

२०७५ साल आषाढ १० गते

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका नव आगन्तुक प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ्गको सम्मानमा मकवानपुर उवासंघले स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्‍यो ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष कृष्ण कटुवालले गर्नु भएको थियो । कटुवलाले राजनैतिक र व्यावसायीक रुपमा मिलेको मकवानपुरमा प्रहरी उपरिक्षकको स्वागत गर्नुहुदै संघले व्यावसायिक संगसगै गरेको सामाजिक कृयाकलापको चर्चा गर्नु भएको थियो । फुटपाथ हटाउने, पार्किङ्ग, लोडिङ्ग, अनलोडिङ्ग, सिसिटिभि मर्मत लगायतको कार्यमा प्रहरी उपरिक्षकको भूमिका होस् भन्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । 

संघका पूर्व अध्यक्ष तथा सल्लाहकार उत्तम शर्मा ढकालले सवै कुरा मिलेपछि मात्र सडक विस्तार गर्नु पर्ने भन्दै हालको ट्राफिक जाम कम गर्न वाईपासबाट लैजानु पर्नेमा जोड दिनु ह्ँदै यस जिल्लामा प्रहरी उपरिक्षकबाट उदाहरणीय कार्यको अपेक्षा गर्नु भएको थियो ।  

संघका सल्लाहकार तथा होटल एशोसियशनका अध्यक्ष भागिरथ शर्माले प्रादेशिक राजधानी भइसकेर पनि होटलहरु ९ वजे नै बन्द गर्नु पर्ने समस्याका वारेमा अवगत गराउनु भएको थियो ।

प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका नव आगन्तुक प्रहरी उपरिक्षक बुद्धिराज गुरुङ्गले शान्ति कायम गर्नु हामी सवैको कर्तव्य भएको र समाजलाई शान्ति सुरक्षा दिन प्रहरी प्रशासन निरन्तर लागि परेको र लागि रहने कुरामा जोड दिनु् भएको थियो । संघले गरेको सामाजिक कार्यको प्रशंसा गर्नुुहुदै उपरिक्षक गुरुङले संघसंग सहकार्य गर्दै अगाडी वढ्ने बताउनु भयो । आपराधिक घटनाहरुको जडमध्ये एक मादक पदार्थ सेवन पनि भएकोले यस्को नियन्त्रण भन्दापनि यस्को सहि व्यवस्थापन गर्नु पर्नेमा जोड दिनु भयो । प्रादेशिक राजधानी भइसकेको अवस्थामा जिल्ला प्रशासन र सम्वन्धित निकायहरुसंग समन्वय गरी होटल लामो समयसम्म खोल्नको लागि आवश्यक पहल गर्ने पनि उहाँले बताउनु भयो । सिसिटिभिको मर्मत सम्भार र यस्को बिस्तारमा आफुले सहयोग गर्ने कुरा व्यक्त गर्नु भएको थियो ।  

संघका महासचिव प्रमोदसिंह रानाभाटले सञ्चालन गर्नु भएको कार्यक्रममा समापन मन्तब्य राख्नु हुदै वरिष्ठ उपाध्यक्षले फुटपाथ हटाउने कार्यलाई कडाईका साथ लाग्नु पर्ने बताउँदै सिसिटिभिको लागि आवश्यक सहयोग जुटाउन प्रहरी उपरिक्षकको पनि भूमिका रहनु पर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा संघका पूर्व अध्यक्ष केशव श्रेष्ठ, जिवन काजी माकजु श्रेष्ठ, भुवनलाल श्रेष्ठ, संघका सल्लाहकार नरोत्तम दाहाल, हिरालाल श्रेष्ठ, एकालाल श्रेष्ठ, आनन्दराम पराजुली एवंम संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष अर्याल, विष्णु गोपाल महर्जन ,कासस राजाराम कार्की, कृष्ण प्रसाद ढुंगाना, कुलप्रसाद चौलागाई, प्रतिमा श्रेष्ठ, श्रीकृष्ण कर्माचार्य, नरेन्द्र भण्डारी, संघका कानूनी सल्लाहकार ईश्वरराज ढकालका साथै पत्रकारहरुको उपस्थिति रहेको सचिव तथा प्रवक्ता काब्यमणी अधिकारीले  जानकारी गराउनु भयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by