Jun 25, 2018
निकासी तथा पैठारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम
२०७५ असार ११ गते 

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र,  ललितपुर काठमाण्डौको आयोजनामा DFQF, GSP Rex System, EXIM CODE, Custom Export & Import Procedure सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । संघका अध्यक्ष कुल प्रसाद न्यौपानेको अध्यक्षता एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक सुयेश खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।       

कार्यक्रममा बोल्दै संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले व्यापार घाटामा कमी ल्याउन भन्सारमा हुने झन्झटिलो कानूनलाई सहजता ल्याउनु पर्ने बताउनु भयो । हामीले व्यापार घाटालाई बढ्यो मात्र भन्छौ तर निकासी पैठारी गर्ने उद्योगी व्यवसायीलाई परेको समस्या प्रति खासै चासो दिदैनौ । जबसम्म व्यवसायीको समस्या समाधान हुदैन तवसम्म व्यापार घाटा घटदैन, वहाँले बताउनु भयो । निजी क्षेत्र उत्साहित छ, कानूनी प्रक्रिया मिलाई निकासीकर्तालाई प्रोत्साहन हुने योजना ल्याउन जरुरी छ । वहाँले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र अव प्रादेशिक रुपमा स्थापना गरी निर्यात प्रवर्द्धनमा सहजता ल्याउनु पर्ने बताउनु भएको थियो  । 

उद्योग व्यापार संगठनका अध्यक्षनारायण प्रसाद भण्डारीले निकासी प्रवर्द्धन केन्द्रलाई थप सक्रिय बनाउन जरुरी रहेको बताउदै केन्द्रले सबै व्यवसायिक संघ संस्थालाई समेटन नसकेको गुनासो  व्यक्त गर्नुभयो । भन्सारमा लागु भएको एक्जिम कोर्डबारे व्यवसायी जानकार रहेको बताउदै निकासीजन्य उत्पादनलाई प्रोत्साहन गर्ने र छुटको व्यवस्था गरे व्यापार घाटा घट्ने बताउदै भन्सारलाई सरलीकरण गर्न आग्रह गर्नु भएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा DFQF, GSP Rex System, EXIM CODE, Custom Export & Import Procedure सम्बन्धी छुट्टा छुट्टै कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । 

रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले सरकारले भन्सारबाट हुने आयात निर्यातलाई सरल बनाउने भने पनि त्यसले अझै सार्थकता नपाएको बताउदै वहाँले सरकारी नीति नै निर्यातमुखी नभई आयातमुखी भएको आरोप लगाउनु भएको थियो । व्यापार प्रवद्र्धन केन्द्रका कार्यकारी अधिकृत सुयेश खनालले अधिकांश उद्योगी व्यवसायीहरुलाई नेपालबाट निकासी गर्ने सामानको बजार नै थाहा भएकोले निकासीबारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताउदै यसको लागि प्राविधिक ज्ञान, आवश्यक तालिम लगायत केन्द्रले सहयोग गर्ने जानकारी गराउनु भएको थियो ।  कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै केन्द्रका उप निर्देशक राजेन्द्र सिंहले अन्तराष्ट्रिय बजारमा नेपाली उत्पादनहरु बढाउन केन्द्रले सहयोग गर्ने र यसमा उद्योगीले अग्रसरता लिनु पर्ने बताउनु भएको थियो । कार्यक्रममा  उद्योगी व्यवसायीहरुले कानूनको झन्झटिलो प्रक्रियाले गर्दा वर्षेनी व्यापार घाटा बढ्दै गएको र  भन्सारबाट हुने निकासी पैठारीमा सहजता ल्याए व्यापार घाटाको औषत विन्दु घटदै जाने बताएका थिए । 

संघका महासचिव नेत्र प्रसाद आचार्यज्यूको संचालनमा संघका पूर्व अध्यष तथा सल्लाहकार विष्णु प्रसाद शर्मा, वाणिज्य उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, कोषाध्यक्ष दिलिप कुमार कान्दु, कार्र्यसमिति सदस्य, दिपक कुमार पौडेल, गंगासागर अग्रहरी, रोहित कुमार अग्रवाल, गोपाल भण्डारी, त्रिलोकी प्रसाद तेली, कृष्ण प्रसाद घिमिरे, दिपेन्द्र प्रधान, रमेश घिमिरे, सल्लाहकार शिव प्रसाद गौडेल, परामर्शदाता चेतन पन्त, कार्यकारी सचिव आनन्द खनाल, उपसचिव खगेन्द्र शर्मा, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र सिद्धीचरण दाहाल, भैरहवा भन्सार कार्यलयका प्रमुख भन्सार अधिकृत भुपाल राज शाक्य, युगल किशोर गौतम, नेपाल भन्सार एजेन्ट संघ, रुपन्देहीका अध्यक्ष असिम न्यौपाने, लुम्बिनी प्रेस क्लवका अध्यक्ष माधव ढुङ्गाना, रुपन्देही उद्योग संघका महासचिव कृष्ण प्रसाद पराजुली, हार्डवेयर व्यवसायी संघ, बुटवलका सभापती दिनेश घिमिरे, लगायत विभिन्न संघ संस्था एवं कार्यालयका प्रमुखहरु, यस क्षेत्रका राष्ट्रिय स्तरका उद्योगी व्यवसायीहरु, संचारकर्मीहरुको उपस्थित रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by