Jul 04, 2018
उवासंघ–चितवनका पूर्व अध्यक्ष पियाको निधन संघद्धारा शोक ब्यक्त 

चितवनका प्रतिष्ठित एवम् अग्रणी उद्यमी कृष्णबन्धु पियाको निधन भएको छ । विगत केहि समय देखी मुटुको समस्याबाट ग्रसीत पियाको यहि असार १९ गते मंगलवारका दिन उपचारको क्रममा भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा ८२ बर्षको उमेरमा निधन भएको हो । उद्योग वाणिज्य संघ-चितवनका संस्थापक सचिव एवम् पुर्व अध्यक्ष तथा सल्लाहकार पियाको निधन प्रति उद्योग वाणिज्य संघ–चितवनले मंगलबार आकस्मिक वैठक वसी शोक प्रस्ताव पारित गरेको छ । उद्योग वाणिज्य संघ-चिवतनका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा वसेको उक्त आकस्मिक कार्यसमितिको वैठकले स्वर्गिय पियाले उद्योग वाणिज्य संघ-चितवनका साथै समग्र उद्योग वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएकोले संघले एक मूर्धन्य अभिभावक गुमाउनु परेकोमा चिन्ता व्यक्त गरेको छ । दिवंगत पिया वि.सं. २०१६ देखी २०१९ सम्म संघको संस्थापक सचिव र बिभिन्न कालखण्डमा गरी १६ बर्ष अध्यक्ष पदमा रही यस क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । यसै गरी नेपाल उद्योग वाणिज्य महासंघमा समेत १४ बर्ष सम्म केन्द्रिय सदस्यको भूमिका निर्वाह गर्नु भएको थियो । संघले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै संघको परिसरमा शोक पुस्तिका राख्नुका साथै एक दिन सचिवालय बन्द गर्ने समेत निर्णय गरेको छ । स्वर्गिय पियाको पिया प्लाष्टिक ईन्डस्ट्रिज सहित ४ वटा फर्महरु सञ्चालनमा रहेकाछन् भने उहाँ चितवनको पहिलो दाना उद्यागी समेत भएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनुभयो । पियाका २ छोरा र ३ छोरी रहेका छन् । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by