Aug 13, 2018
सौन्दर्यकला सम्बन्धि कार्यशाला सम्पन्न

मिति २०७५ श्रावण २८ गते , सोमवार 

उद्योग वाणिज्य संघ–चितवनको तालिम कक्षमा संचालित ५ दिने सौन्दर्य कला संग सम्बन्धित व्यवसायिक हेयर कटिङ कार्यशाला (Workshop on Professional Hair Cutting) आज सम्पन्न भएको छ । सौन्दर्य कला सम्बन्धि व्यवसाय संचालन गर्दै आइरहेका व्यवसायीहरुलाई आधुनिक प्रबिधि र कलासंग परिचित गराउंदै यस कला संग सम्बन्धित व्यवसायको सम्भावना समेतलाई उजागर गर्ने उदेश्यले उक्त कार्यशालाको आयोजना गरिएको थियो । उद्योग वाणिज्य संघ–चितवनको आयोजना तथा संघ अन्र्तगत रहेको महिला तालिम तथा स्वरोजगार समितिको सक्रियतामा सम्पन्न उक्त कार्यक्रममा प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र वितरण गर्दै संघका अध्यक्ष सहनलाल प्रधानले यस किशिसमा सिपमूलक तालिमहरुले अन्तत्वगत्वा महिला सशक्तिकरण गर्नमा उल्लेख्य योगदान रहने विश्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा उहा“ले दिनानुदिन बढ्दै गएको श्रमपलाएनलाई रोक्नका लागि पनि आफु जस्तै अन्य महिलाहरु लगायत पुरुष सहभागीलाई पनि यस किसिमका तालिमहरु सहभागी गराई आत्मनिर्भर गराउंदै राष्ट्रिय उत्पादनमा समेत योगदान दिनसक्ने वातावरण सिर्जना गर्न अनुरोध गर्दै त्यसका लागि कार्यक्रम आयोजना गर्न उवासंघ–चितवन सदैव तयार रहेको बतउनु भयो । सोही कार्यक्रममा बोल्दै संघका निबर्तमान अध्यक्ष एवम् नेउवामहासंघ प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतमले सौन्दर्यकला महिलाहरुको उद्यमशिलता बृद्धी गर्ने विविध क्षेत्रहरु जस्तै यो व्यवसाय पनि संभावना बोकेको व्यवसाय भएकोले यसलाई अझ व्यवसायीकरण र विविधिकरण गर्नुपर्ने भन्दै सो सम्बन्धि प्रबद्र्धनात्क कार्यक्रमको आवश्यकता भएको औंल्याउनु भयो । सोहि समापन कार्यक्रममा बोल्दै उवासंघ–चितवनका कासस एवम् तालिमका संयोजक योगिता पियाले कुनै पनि महिला व्यवसायीहरुले फरक फरक किशिमका उद्यमहरु गर्नुभन्दा पनि एउटै व्यवसायलाई फरक फरक ढंगले प्रस्तुत गर्न सकेमा मात्र दिगो रुपमा महिला उद्यमशिलताको विकास हुने धारणा व्यक्त गर्नु भयो । कार्यक्रममा प्रशिक्षको तर्फबाट निलडेभिल स्यालोन काठमांडौका प्रशिक्षक पवित्रा अधिकारी तथा प्रशिक्षार्थिको तर्फबाट नारायणगढ लेडी जेसीजका अध्यक्ष रमा श्रेष्ठले आ–आफ्नो धारणा राख्नु भएको थियो ।  उद्योग वाणिज्य संघ –चितवनका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यशालाको समापन समारोहको सञ्चालन संघका कार्यक्रम अधिकारी निलबहादुर केसीले गर्नु भएको थियो भने संघका कासस तथा स्वरोजगार समितिका संयोजक योगिता पियाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।  

कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको उपस्थिति रहेको थियो । यहि श्रावण २३ गते बाट संचालन भएको उक्त कार्यशालामा चितवन र नवलपरासीका २५ जना व्यवसायीहरुको सहभागिता रहेको संघले जनाएको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by