Aug 16, 2018
संघद्वारा उपभोक्ता मञ्च नेपाल मकवानपुरका नवनिर्वाचित पदाधिकारीको स्वागत 

२०७५ श्रावण ३१

मकवानपुर उद्योग वाणिज्य संघले उपभोक्ता मञ्च नेपाल मकवानपुरका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रको आयोजना गरेको छ । 

संघका का.वा. अध्क्षक्ष माधव न्यौपानेले मञ्चका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीज्यूहरुलाई खादा तथा टिका लगाएर स्वागत गर्नु भएको थियो । न्यौपानेले दुवै संस्था पहलकालागि आवाज उठाउने संस्था भएकोले सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । समृृद्ध नेपाल वनाउन हातेमोलो गर्नुपर्नेमा जोड दिनु हुंदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

संघका पूर्वअध्यक्ष तथा सल्लाहकार भुवनलाल श्रेष्ठले नेपाल सरकारको कतिपय नीति नियमले व्यवसायीहरुलाई समस्या परेको भन्दै अण्डरविलिङ्ग समस्या, नदिको सतह बृद्धि, २५ मिटर समस्या, बढ्दो सवारीसाधनको विषयमा मञ्चको ध्यानाकर्षण गराउनुभयो । संघका कोषाध्यक्ष अनिल अग्रवालले दुवै संस्था उपभोक्ता र व्यवसायीको हकहित गर्ने संस्था भएको बताउनुभयो । संघका कार्यकारी सचिव विवेक मानन्धरले अनुगमन गर्दा अनुगमनकर्ताले व्यवसायीले अञ्जानवश गल्ती गरेको भए सुधार गर्न र नियतवश गल्ती गरेको भए कार्वाही गर्न सिफारिश गर्नुपर्ने बताउनुभयो । मञ्चका उपाध्यक्ष कपिल अर्याल तथा कृष्ण अर्यालले मञ्च कार्वाही गर्ने संस्था नभई उपभोक्ता र व्यवसायीलाई सुसूचित गर्ने मात्र गर्ने संस्था भएकोले दुवै संस्थाले संयुक्त रुपमा समन्वय गरी चेतनामूलक कार्यक्रम गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

मञ्चका अध्यक्ष कुमार पौडेलले दुवै संस्थाको हिड्ने बाटो एउटै भएकोले दुवै संस्थाबीच सुमधुर सम्बन्ध हुनुपर्ने वताउनुभयो । ५२ जिल्लामा कार्यक्षेत्र भएको उपभोक्ता मञ्च नेपालको मकवानपुर शाखामा यसपटक विभिन्न क्षेत्रको प्रतिनिधित्व रहेको बताउनुहुँदै छलफल र अन्तक्र्रियाको माध्यमबाट अगाडि वढ्ने र मञ्चले गलत कार्य नगर्ने वताउनुभयो । पार्किङ्ग निषेध र २५ मिटर समस्याको बारेमा मञ्चको आधिकारीक धारणा आउने विचार व्यक्त गर्दै व्यवसायी र उपभोक्ताको हितलाई मध्यमार्गी वाटो अपनाई सचेत गराउन दुवै पक्ष मिलेर अघि बढ्ने विचार व्यक्त गर्नुभयो । समापन मन्तव्य राख्नुहुँदै संघका उपाध्यक्ष गणेश प्रसाद भेटुवालले मञ्च र संघ सदैव संगै रही आत्मीय सम्वन्ध राखी सकारात्मक सोचकासाथ अघि बढ्ने बताउनुभयो । संघका सचिव सन्तोष कुमार अर्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा सचिव विष्णुगोपाल महर्जन, कासस प्रतिमा श्रेष्ठ, सुनिल अधिकारी, कृष्णप्रसाद ढुंगाना, कुलप्रसाद चौलागाई, श्रीकृष्ण कर्माचार्य, दिपक खत्रीलगायतको उपस्थिति रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by