Aug 20, 2018
सम्झनामाः कृष्णबन्धु पिया लोकार्पण 

उद्योग वाणिज्य संघ-चितवनका संस्थापक सचिव एवम् पूर्व अध्यक्ष कृष्णबन्धु पियाको स्वर्गारोहण भएको ४५ औं दिनको पूण्यतिथिमा संस्मरणात्मक सम्झनामा कृष्णबन्धु पिया लोकार्पण गरिएको छ । यहि भाद्र ३० गते बुधवारका दिन उद्योग वाणिज्य संघ-चितवनले आयोजना गरेको श्रद्धाञ्जलि सभामा चितवन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य माननिय कृष्णभक्त पोख्रेलले उक्त पुस्तक बिमोचन गर्नु भएको हो । उक्त सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सांसद् कृष्णभक्त पोख्रेलले कृष्णबन्धु पियाको यस क्षेत्रको सामाजिक, आर्थिक तथा राजनितिक विकासमा महत्वपूर्ण योगदान रहेको र उहाँले देखाएको बाटोमा हामी सवै लाग्नुपर्ने बताउंदै स्वर्गिय पियाको उच्च मूल्यांकन गर्नु भएको थियो । 

श्रद्धाञ्जलि सभा तथा पुस्तक लोकार्पण कार्यक्रममा उपस्थित व्यक्तित्हरुलाई स्वागत गर्दै संघका अध्यक्ष एवम् कार्यक्रमका सभापति सहनलाल प्रधानले उद्योग वाणिज्य संघले मात्र नभई समग्र क्षेत्रले एक असल, ईमानदार र प्रेरणाका प्रर्यायलाई गुमाएको बताउंदै संघलाई उहांको देहवासनले अपुरणिय क्षति भएको बताउनु भयो । कार्यक्रममा अध्यक्ष प्रधानले उहाँको देहवासन भएको ४५ दिन पुगिसक्दा पनि अझैपनि स्वर्गिय पियाले उद्योगी व्यवसायीहरुको नेतृत्व गरिहनु भएको अनुभुति भएको अनुभव बताउनु भएको थियो । सोहि कार्यक्रममा आफ्नो धारणा राख्दै संघका निबर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतमले स्वर्गिय पियाको व्यवसायिक योगदान मात्र नभई अन्य सामाजिक, धार्मिक , राजनैतिक लगायत व्यक्तित्व र नेतृत्व विकासका साथसाथै समय व्यवस्थापनका प्रर्याय रहेको चर्चा गर्नु भएको थियो । उहांको व्यक्तित्व माथि चर्चा गर्ने क्रममा संघका पूर्व अध्यक्षहरु क्रमश, के.एल. भुषण, महेन्द्रलाल प्रधान, मित्रराज दवाडी, डा.तिलचन्द्र भट्टराईले उहांको योगदानको वारेमा आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

श्रद्धाञ्जली सभा एवम् पुस्तक लोकार्पण कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका पूर्व सचिव एवम् स्वर्गिय कृष्णबन्धु पियाका साईला भाई जिवनलाल पिया,पूर्व जिल्ला सभापती द्धय कृष्णलाल सापकोटा र विष्णु घिमिरेले उहांको बिभिन्न क्षेत्र संगको संलग्नता र राजनितिक योगदानको चर्चा गर्नु भएको थियो । सोहि कार्यक्रममा व्रह्ंमकुमारी राजयोग सेवा केन्द्रका अर्जुन भाई ,चितवनका पूर्व सभासद् भिमबहादुर श्रेष्ठ, पुस्तकका सम्पादक प्रभातकुमार जोशी, उद्योग वाणिज्य संघ-चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ लगायतले श्रज्ञाञ्जली मन्तब्य ब्यक्त गर्नु भएको थियो ।संघका कार्यसमिति सदस्य एवं प्रकाशन समितिका संयोजक सिद्धार्थलाल चुकेको संयोजनमा प्रकाशित उक्त पुस्तकमा बिभिन्न व्यक्तिहरुको स्वर्गिय पियाको वारेमा लेखेका लेख रचनाहरुका साथै तस्विरहरु समावेश गरिएको छ ।  स्वर्गिय पिया २०१६ देखी २०४४ सालसम्म बिभिन्न समयमा संघको नेतृत्व गर्नुभएको थियो भने नेपाल उद्योग वाणिज्य महासंघमा पनि लामो समय चितवनको प्रतिनिधित्व गर्नु भएको थियो । तनहूँ जिल्लाको बन्दिपुरमा वि.सं. १९९३ सालमा जन्मनु भएका पियाको  २०७५ साल असार १९ गतेका दिन भारतको नया“ दिल्लि स्थित अपोलो अस्पतामा निधन भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by