Aug 23, 2018
लेखनाथ उवासंघद्वारा सिप आदान प्रदान कार्यक्रम सम्पन्न

लेखनाथ, ६ भदौ ।

लेखनाथ उद्योग बाणिज्य संघ अन्तर्गत गठित महिला उद्यमी समन्वय समितिद्धारा महिला उद्यमी विच सिप आदान प्रदान कार्यक्रम मंगलबार सम्पन्न भयो । उक्त सिप आदान प्रदान कार्यक्रम अन्तर्गत ब्यवसायिहरुका लागि चुरा, माला र डेरी बनाउने सिप आदान प्रदान गरिएको हो ।

महिलालाई हस्तकलाको माध्यमबाट ब्यवसायिक उत्पादन तथा सिप आदान प्रदान तर्फ अग्रसर गराउनका लागि आयोजिक कार्यक्रम नगर क्षेत्र भित्रका करिब ७० जना महिला उद्यमीहरुको सहभागीता रहेको थियो ।

महिला उद्यमी समन्वय समिति संयोजक मेनुका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले निर्भाहामुखि ब्यवसायलाई छोडी ब्यवसायीक हुन आग्रह गरेका थिए भने संघका निबर्तमान अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र पुर्ब अध्यक्ष बाबुराम गिरीले स्थानिय बस्तु तथा कच्चा पदार्थ प्रयोग गरि ब्यवसायि उत्पादन तर्फ अग्रसर हुन सुझाव दिनुभएको थियो ।

संघकी कार्यसमिति सदस्य जानुका अधिकारीले कार्यक्रम संचालन गर्नुभएको उक्त कार्यक्रममा सहभागिहरुको तर्फबाट पुर्णिमा अधिकारी बास्तोलाले कार्यक्रम प्रभावकारी र फलदायी भएको विचार राख्नुभएको थियो भने धन्यवाद मन्तव्य श्यामु थापाले गर्नुभएको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by