Nov 04, 2018
स्वं. अधिकारीको सम्मानमा उद्योग वाणिज्य संघको श्रद्धाञ्जली सभा 

लेखनाथ , १७ कार्तिक ।

लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य स्वं. सरोजराज अधिकारीको दिवंगत आत्माको चिर शान्तिको कामना गदै लेखनाथ उद्योग वाणिज्य संघले शनिवार ११ दिनको पुण्य तिथिको अवसर पारि श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

श्रद्धाञ्जली सभामा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले स्वं सरोजराज अधिकारीले यस संस्थामा कार्यसमिति सदस्य र समितिमा रहेर गर्नुभएका विभिन्न कार्यको चर्चा गर्दै यस क्षेत्रले एउटा प्रतिभाशालि उद्यमी व्यवसायीलाई गुमाएको बताउदै उहाँले गरेको कार्यको संस्थाले सदैव सम्मान र कदर गर्ने कुरामा जोड दिएका थिए ।

श्रद्धाञ्जलीसभामा संघका प्रथम उपाध्यक्ष छत्रधर आत्रेयले स्वं सरोजराज अधिकारीको जिवनी र उहाँले उद्योग वाणिज्य संघमा दिनुभएको देनको चर्चागर्नुभएको थियो । त्यसैगरि इं. बसन्तमोहन भट्टराईले उहाँको सम्झनामा कविता बाचन गरेका थिए ।

पोखरा महानगरपालिका वडा नं ३३, वागमारा घर भएका वर्ष ३४ का स्वं अधिकारी हिमाली जिल्ला मनाङ अन्तर्गत चक्रिय अन्नपुर्ण पदमार्गमा पर्ने तिलिजो तालको अवलोकन गर्ने क्रममा लेक लागि २०७५ साल कार्तिक ७ गते निधन भएको थियो । वहाँका एक श्रीमती एक छोरा र एक छोरी रहेको छन् । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by